जापान बन्यो शक्तिशाली पासपोर्ट भएको देश, अन्यको अवस्था कस्तो?



एसियाली मूलुक जापान लगातार दोस्रो पटक शक्तिशाली पासपोर्ट भएको देश बनेको छ।

सन् २०१८ मा पहिलो पटक शक्तिशाली पासपोर्ट भएको सूचीको शीर्ष स्थानमा पुग्न सफल जापान यस वर्ष समेत उक्त सूचीमा शीर्षमै रहन सफल भएको हो।

जापानले अमेरिका तथा यूरोपेली दर्जनौ देशलाई पछि पारेको छ। हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार जापानी पासपोर्ट भएका व्यक्ति विश्वकै सबैभन्दा धेरै स्थानमा जान सक्छन्।

इन्डेक्सका अनुसार जापानी पासपोर्टले विश्वका १ सय ९० स्थानमा पुग्न सकिने छ। यसैबीच सिंगापुरले गतवर्ष भारतसँग नयाँ भिसाको सहमति गरेसँगै सिंगापुर र दक्षिण कोरिया शक्तिशाली पासपोर्ट भएको दोस्रो स्थानमासँगै छन्।

सिंगापुरको पासपोर्टले १ सय ८९ देशमा जान पाइने छ। कोरियाको पासपोर्टले समेत १ सय ८९ देश जान पाइने छ। एसियाको शक्तिराष्ट्र चीनले यस सूचीमा दुई वर्षमा उल्लेखनीय प्रगति गरेको छ।

सन् २०१७ मा शक्तिशाली पासपोर्ट भएको देशेको ८५ औं स्थानमा रहेको चीनले यसवर्ष १६ स्थान सुधार्दै ६९ औं हासिल गर्न सफल भएको छ।

हेन्ली एण्ड पार्टनर्स ग्रुपका प्रमुख क्रिस्टियन बालिन जसले पासपोर्ट इन्डेक्सको स्थापना गरेका थिए, उनले भने,‘जुन देशले धेरै देशसँग सम्बन्ध विस्तार गर्नसक्छ र टाढाका मूलुक आफ्नो बनाउन सक्छ, उसको पासपोर्ट शक्तिशाली हुन्छ।’

देशको खुला नीति, रोजगार नीति तथा विश्व अर्थतन्त्रमा टेवा दिन सक्ने मूलुकहरुले आफ्नो पासपोर्ट बलियो बनाउन सक्ने बालिनको भनाइ छ। 

कुन देशको पासपोर्ट शक्तिशाली? (सूचीसहित)

१. जापान– १ सय ९० देश

२. सिंगापुर, दक्षिण कोरिया– १ सय ८९ देश

३. फ्रान्स र जर्मनी– १ सय ८८ देश

४. डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेन– १ सय ८७ देश

५. लक्जबर्ग, स्पेन– १ सय ८६

६. अष्ट्रिया, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्वीजरल्याण्ड, वेलायत, अमेरिका– १ सय ८५

७. बेल्जियम, क्यानडा, ग्रीस, आयरल्याण्ड– १ सय ८४ देश

८. माल्टा– १ सय ८२ देश

१० अष्ट्रेलिया, आइसल्याण्ड, न्यूजिल्याण्ड– १ सय ८१ देश एजेन्सी

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 16:51:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...