किमको भ्रमणबारे किन केही बताउन चाहँदैन चीन?

बुधबार स्वदेश फर्के कोरियाली नेता किम जोङ उन



किम दम्पती प्योङयाङमा
किम दम्पती प्योङयाङमा
एपी

उत्तर कोरियाली नेता किम जोङ उन बुधबार स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा श्रीमती रि सोल–जुसँग चीन भ्रमणमा पुगेका उन बुधबार रेलमार्ग हुँदै स्वदेश फर्किएका हुन्।

किमले बेइजिङमा ४ दिन बिताएको अनुमान गरिए पनि उनी चीन पुगेको समाचार भने मंगलबार मात्र सार्वजनिक भएको थियो।

बुधबार किम प्रतिनिधिहरुसहित १३ घण्टा लाग्ने रेलको बाटो हुँदै प्रतिनिधिसहित स्वदेश फर्किरहेको जनाइएको छ।

पूर्व घोषणा नगरीकन आकस्मिक रुपमा भ्रमण हिँड्ने उन यो सँगै चार पटक चीन पुगेका छन्। गत वर्षको मार्चमा किमले पहिलो पटक चीन भ्रमण गरेका थिए। बेइजिङ भ्रमण भने उनको तेस्रो पटक हो।

किम हतियारसहितको हरियो रेलमा चीन पुगेका थिए। उनले आफ्ना पिता किम–जोङ इलले प्रयोग गर्ने रेल नै प्रयोग गर्ने गरेको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयले किम भ्रमणको उद्देश्यको बारेमा केही बताएको छैन।

मन्त्रालयका प्रवक्ता लु काङले मंगलबार किम भ्रमणका बारेमा केही नबताउने बताएका थिए। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो। ग्लोबल टाइम्सको सम्पादकीयले किम भ्रमणबारे भनेको छ,‘आफ्नो जन्मदिन मनाउन किम चीन पुग्नु भनेको उनले आफू चीनसँगको निकटता प्रदर्शन गर्नु हो।’

उनको चीन भ्रमणबारे सेन्टर फर दि नेसनल इन्टरेस्ट संस्था अन्तर्गत रक्षा अध्ययनका निर्देशक ह्यारी जे कजियानिसले मंगलबार भनेका थिए,‘किम वासिङटन र सिउलभन्दा बाहिर पनि आफ्नो आर्थिक र कुटनीतिक विकल्प छ भनेर देखाउन चाहन्छन्।’
अमेरिका र उत्तर कोरियाबीच हुन लागेको दोस्रो शिखर बैठक अघिको यस भ्रमणलाई चासोका साथ हेरिएको छ। किमले चीनसँग अमेरिकासँग कसरी प्रस्तुत हुने भन्ने बारेमा सल्लाह लिएको हुनसक्ने आशंका गरिएको छ।

गत वर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच ६८ वर्षमा पहिलो पटक औपचारिक वार्ता भएको थियो। दक्षिण कोरियाले त्यस वार्ताका लागि महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसबेला उत्तरले अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने सम्झौता गरेको थियो।

उत्तर कोरिया विरुद्ध ट्रम्पको चर्को टिप्पणीका कारण उत्तरले क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेपछि अमेरिका लगायत संयुक्त राष्ट्रसंघ, युरोपेली युनियनले उत्तर कोरियामा नाकाबन्दी लगाएका छन्।

ट्रम्पको कार्यकालमा नै उत्तर कोरियाले सबैभन्दा धेरै क्षेप्यास्त्र परीक्षण गरेको तथ्यांक छ। दुवैले आफूहरु युद्धको लागि तयार भएको समेत बताएका थिए। तर गत वर्षको वार्तापश्चात दुवै सहमतिमा पुगेका थिए। सहमतिपछि पनि अमेरिकाले प्रतिबन्ध फुकुवा नगरेपछि उत्तरले आफूले क्षेप्यास्त्र निशस्त्रीकरणको सहमति नमान्ने बताएको थियो।

उत्तर कोरियाली चेतावनीपश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दोस्रो शिखर बैठकको मिति र स्थान चाँडै तोक्ने बताइसकेका छन्। यस बीचमा किमको यस भ्रमण सोही बैठकको एजेण्डा तय गर्ने विषयामा भएको हुनसक्ने अनुमान लगाइएको छ। सिएनएन

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 15:39:17
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...