सिक्किमकाे खेती सिकाे गर्दै इटाली




सिक्किमको जैविक खेतीको मोडललाई इटालीले अपनाउने भएको छ।

इटाली सरकारले सिक्किमको जैविक कृषि नीतिलाई अवलम्बन गर्दै इटालीलाई नै जैविक देशको रूपमा विकास गर्ने भएको हो। यसका लागि हालै इटाली संसदले एक कानून पारित गरेको छ।

इटाली सरकारले यसबारे मुख्यमन्त्री पवन चामलिङलाई एक पत्र पनि पठाएको छ। 

मुख्यमन्त्री चामलिङले मङ्गलवार सरकारी निवास मिन्तोकगाङमा पत्रकारहरूलाई यसबारे जानकारी गराएका छन्। उनले पत्रकारहरूलाई उक्त पत्र पढेर सुनाएका थिए।

उल्लेखनीय छ, गत असोज २९ गते सिक्किमले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थाबाट फ्युचर पोलिसी अवार्ड प्राप्त गरेको थियो।

त्यसबेला सिक्किमका मुख्यमन्त्री पवन चामलिङले इटालीको संसदलाई सम्बोधन गर्दै विश्वलाई नै जैविक कृषि अपनाउन आह्वान गरेका थिए।

चामलिङको यसै आह्वानलाई इटाली सरकारले अवलम्बन गरेको बताइएको छ। आफ्नो सरकारले जैविक कृषिसम्बन्धी गरिरहेको कार्यप्रति चामलिङ सन्तुष्ट देखिएका छन्।

‘सिक्किमका सबै कृषि उत्पादन जैविक भइसकेका छन्, तर हामीसँग खाद्यान्नको केही कमी छ’, उनले थपे, ‘यो दिशामा जैविक कृषिको दोस्रो क्रान्तिको रूपमा राज्य सरकारले काम गरिरहेको छ।’

चामललाई छोडेर आगामी पाँच वर्षमा जैविक कृषि उत्पादनमा सिक्किम आत्मनिर्भर हुनेमा चामलिङ विश्वस्त छन्। उनका अनुसार १० वटा विभिन्न जैविक उत्पादन सिक्किमले बाहिर निर्यात गरिरहेको छ।

स्मरणरहोस्, सिक्किमको जैविक कृषि नीति अहिले विश्वकै लागि शिक्षाको विषय बनेको छ। २१ भन्दा बढी देश यहाँको जैविक कृषिको अध्ययन गर्न आइसकेका छन्।

सिक्किमको जैविक कृषि अध्ययन गर्न आउने देशहरूमा नेपाल पनि एक हो। पछिल्लो वर्ष नेपालको एक टोली सिक्किम आएर यहाँको जैविक कृषिको अध्ययन गरेको थियो।

पवन चामलिङको नेतृत्वमा रहेको एसडीएफ सरकारले राज्यको कृषि कार्यलाई बढावा दिन र कृषि कार्यमा कृषकहरूलाई प्रोत्साहित गर्न कृषि पेन्सन योजना पनि शुरु गरेको छ।

यो योजनामार्फत् राज्यका कृषकहरूलाई सरकारले ५० वर्ष नाघेका कृषकलाई प्रतिमहिना एक हजार रुपैयाँ पेन्शन पनि दिने गर्छ। कृषकहरूले पेन्शन दिने सिक्किम विश्वमै पहिलो राज्य हो।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 14:42:25
Max TV
Max TV
Zen Travels
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।