अन्ततः अल-कुनानले पाइन् शरणार्थीको मान्यता



साउदी अरबकी अल–कुनानले शरणार्थीको मान्यता पाएकी छन्। परिवारबाटै ज्यान मार्ने धम्की पाइरहेकी १८ वर्षिया रहाफ मोहम्मद अल–कुनानले आफूले शरणार्थीको मान्यता पाउनु पर्ने माग गरेकी थिइन्।

उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको हो। यतिबेला उनलाई अष्ट्रेलियामा पठाउने तयारी भइरहेको छ।

को हुन् अल–कुनान?

साउदी अरबकी अल–कुनान गत शुक्रबार परिवारसँग कुवेतका लागि विमान चढेकी थिइन्। उनी परिवारबाट टाढा भाग्न चाहान्थिन्। उनी भाग्न सफल समेत भइन्। उनी थाइल्याण्डको बैंककहुँदै अष्ट्रेलिया भाग्न जान चाहान्थिन्।

तर सोही क्रममा उनको पासपोर्ट साउदी अधिकारीहरुले विमानमै खोसिदिए। उनी बैंकक त पुगिन्। तर त्यहाँबाट निस्कन भने सकिनन्।

जब उनले ट्वीटर मार्फत सबै वृतान्त खोलिन्। उनी बैंककको विमानस्थलमै थुनिएको खबर आइतबार सार्वजनिक भयो। उनले परिवारबाट भाग्ने इच्छा व्यक्त गर्नुको कारण थियो।

उनले मुश्लिम धर्म त्यागेकी थिइन्। परिवारले उनको इच्छा विवाह पनि गरिदिन चाहान्थे। उनले बीबीसीसँग आफूले धर्म त्यागेका कारण परिवारले अरब फर्काएर हत्या गर्ने धम्की दिएको बताएकी थिइन्।

Image result for al Qunan refugee

परिवारले खोजिदिएको पुरुषसँग विवाह गर्न समेत उनलाई दबाब दिइएको थियो। तर उनीसँग भिसा नभएका कारण उनलाई थाइल्याण्ड प्रवेश गर्न दिइएको थिएन।

उनले प्रहरीलाई आफूसँग अष्ट्रेलियाका भिसा भएको तर बैंकक आउने क्रममा साउदीका अधिकारीहरुले आफ्नो पासपोर्ट खोसेको बताएकी थिइन्।

कुनालले ट्वीटरमा भनेकी थिइन्,‘मसँग भएका सामाग्री खोसिएकाले मैले आफ्नो सूचना सार्वजनिक गर्न सकेको छैन।’ उनले आफ्नो पासपोर्टको फोटोहरु भने सार्वजनिक गरेकी थिइन्।

उनले ट्वीटरमा भनेकी थिइन्,‘मलाइ डर छ कि परिवारले मेरो हत्या गर्नेछन्।’

उनले थाइल्याण्डकै विमानस्थलबाट साउदी नफर्किने बरु शरणार्थी बन्ने बताएकी थिइन्। अन्ततः उनले शरणार्थीको मान्यता पाएकी छन्।

यो पनि।

परिवारबाटै ज्यान मार्ने धम्की पाइरहेकी अल-कुनान

 

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 13:07:29
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...