चीन र अमेरिकाबीचको व्यापारिक छलफल सकारात्मक बन्दै



ट्रम्प र सी
ट्रम्प र सी

चीन र अमेरिकाबीचको व्यापरिक छलफल सकारात्मक बन्दै गएको छ। अमेरिका र चीनबीच सोमबारदेखि व्यापार युद्ध अन्त्य गर्ने विषयमा छलफल चलिरहेको छ।

चीनमा जारी छलफल सकारात्मक बन्दै गएपछि दुवै देश छलफल लम्बाउने पक्षमा पुगेका हुन्l मंगलबार अमेरिकाले छलफल सुमधुर रुपमा अगाडि बढिरहेको भन्दै बुधबारसम्म छलफल गर्ने बताएको छ।

यसअघि चीनको वाणिज्य मन्त्रालयले मंगलबारनै छलफल टुंगिने बताएको थियो। डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ छलफल गर्ने विषयमा सहमत भएपछि चीनमा यतिबेला व्यापारिक छलफल चलिरहेको हो।

अमेरिकी संचार माध्यम सिएनएनका अनुुसार दुवै देशबीच व्यापारिक एजेन्डा र मुद्धा अझै बाँकी रहेकाले उनीहरु छलफल बढाउन चाहान्छन्।

मंगलबार चीनले अमेरिकाबाट सोयाबिन तथा कलमी गरेका बनस्पती निर्यात गर्ने सहमती पत्रमा हस्ताक्षर गर्ने बताएको थियो।

यसले अमेरिकी किसानको उत्पादन विक्रि वितरणमा सहयोग पुग्नेछ। अन्य सहमतीका बारेमा केहि खुुलाइएको छैन।

गतवर्ष चीनले बौद्धिक चोरी गरेको आरोप लगाउदै अमेरिकाले चीनबाट आयात हुने सामाग्रीमा पहिलो चरणको कर वृद्धि गरेको थियो।

त्यसपछि अमेरिकालाई जवाफ फर्काउदै चीनले अमेरिकाबाट चीन आयात हुने सामाग्रीमा कर लगायो। यसरी दुवै तर्फबाट कर लगाउने क्रम जारी रहेपछि व्यापार युद्ध सुरुभयो।

व्यापार युद्धका कारण दुवै देशलाई असर परेपछि उनीहरु छलफल गर्न तयार भएका हुुन्। सिएनएन

 

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 12:41:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...