वैज्ञानिक र इन्जिनियरको वर्चस्व रहेको चिनियाँ सरकार



राष्ट्रपति सी चिनफिङसहितको शीर्ष नेतृत्व
राष्ट्रपति सी चिनफिङसहितको शीर्ष नेतृत्व

जब ‘चिनियाँ सरकार’ भन्ने शब्द मस्तिष्कमा आउछ, तपाइँ सामान्यतया के सोच्नु हुन्छ? अधिकांशले कम्युनिज्म, ग्रेटवाल, फेङ सुई, पाण्डा, सस्ता सामाग्री, मार्शल आर्ट्स भन्ने जवाफ दिन्छन्।

यी सबै कुरा सत्यताको धरातलमा आधारित अवलोकन हुन्। तर एउटा विषय यस्तो छ, जुन निकै चाखलाग्दो, महत्वपूर्ण र सम्झनलायक पनि छ।

त्यो हो, यहाँका प्राय सबै शीर्ष राजनीतिज्ञ वैज्ञानिक र इन्जिनियर हुन्। यो थोरेलै थाहा पाएको चाखलाग्दो यथार्थ हो।

चीन यस्तो मुलुक हो, जसले दक्ष र काबिल मानिसलाई मात्र राजनीतिक नेतृत्व सुम्पन्छ। चिनियाँ नागरिक वैज्ञानिक र इन्जिनियरलाई विश्वास गर्दछन्। उनीहरु सोच्छन्, त्यस्ता व्यक्तिहरु अनुशासित र सार्वजनिक कार्यक्रमका लागि उचित व्यक्ति हुन्।

हालको सरकारभन्दा पहिलेको सरकारको पालमा ९ मन्त्रीमध्ये ८ जना वैज्ञानिक र इन्जिनियर थिए। त्यो बेला चीन सरकारले विज्ञान, प्रविधि र इन्जिनियरिङको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको थियो।

त्यसैलाई पछ्याउँदै वर्तमान चिनियाँ सरकारले देशलाई प्रविधिको क्षेत्रमा केन्द्रिकृत गरेको छ। अघिल्लो नेतृत्वकै जस्तो अहिले पनि वैज्ञानिक तथा इन्जिनियरजस्ता व्यक्तिहरुको चिनियाँ सरकारमा बाहुल्यता छ। चिनियाँ सरकारमा अर्थशास्त्री, अनुसन्धानकर्ता र पत्रकारको पनि उल्लेख्य उपस्थिति छ।

उदाहरणको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई हामी लिनसक्छौँ। अर्का हुन्, यू जेङसेङ।

देशका राष्ट्रपति तथा कम्यूनिष्ट पार्टीका प्रमुख (महासचिव) सीले बेइजिङको सिन्हवा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङ पढेका हुन्।

त्यसै विश्वविद्यालयबाट पूर्व राष्ट्रपति हु जिन्ताओले समेत हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ अध्ययन गरेका थिए।

सीले इन्जिनियरिङसँगै सिंह्वा ह्यूम्यानिटिज इन्स्टिच्यूटबाट माक्र्सवादमा डिग्री र कानुनमा पिएचडी उतिर्ण गरेका छन्। सी विभिन्न विषमा डिग्री हासिल गर्ने चीनकै पहिलो राष्ट्रपति हुन्।

चिनियाँ जनताको राजनीतिक परामर्शदाता सम्मेलन, राष्ट्रिय कमिटिका प्रमुख यू जेङसेङ पनि इन्जिनियर हुन्। उनले हरविन मिलिटेरी इन्जिनियरिङ इन्स्ट्च्यिूटको मिसाइल इन्जिनियरिङ डिपार्टमेन्टबाट क्षेप्यास्त्र निर्माण तथा नियमन सम्बन्धी अध्ययन गरेका छन्।

यूले सन् १९८० मा सरकारको इलोक्ट्रोनिक्स उद्योग मन्त्रालय विभागमा प्रवेश गर्नुपूर्व २० वर्ष इन्जिनियरको रुपमा काम गरे।

चिनियाँ सरकारको तहमा मात्र नभएर राज्यको प्रत्येक अंगमा वैज्ञानिक र इन्जिनियर भेटिन्छन्।

लामो अवलोकनपछि चिनियाँ जनता विज्ञान र इन्जियिनरिङ क्षेत्रका विज्ञलाई निर्वाचित गर्न रुचाउँछन्, यो यहाँको संस्कारजस्तै भएको छ।

लि चेङ र लिन ह्वाइटको अध्ययन ‘इलाइट ट्रान्सफरमेसन एण्ड मोडर्न चेन्ज इन मेनल्यान्ड चाइना एण्ड ताइवानः इम्पिरिकल डेटा एण्ड द थिएरी अफ टेक्नोक्रेसी’ ले पनि चिनियाँ राजनीतिक वृत्तमा वैज्ञानिक र इन्जिनियरहरुको वर्चस्व भएको बताएको छ।

अध्ययनकर्ताले त्यहाँका मेयर, पार्टीका सचिव तथा गभर्नर, संघीय संरचनाका विभिन्न नेता, प्रमुखहरुबाट सूचना तथा तथ्य संकलन गरेका थिए।

अध्ययनमा ८० प्रतिशत व्यक्तिहरु वैज्ञानिक र इन्जिनियर भएको देखिएको थियो। यसको मतलब, प्रत्येक १० राजनीतिज्ञमध्ये ८ जनाले चारदेखि पाँच वर्षको इन्जिनियरिङ डिग्री हासिल गरेका छन्।

राजनीतिक वृत्तको यस्तो प्रवृत्तिलाई चीनमा ‘टेक्नोक्रेसी’ को नाम दिइएको छ। अर्थात् प्रविधितन्त्र। (गिनर्सनाउ डटकमबाट) 

प्रकाशित २४ पुस २०७५, मंगलबार | 2019-01-08 15:45:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...