व्यापार युद्ध अन्त्यका लागि वार्ता गर्ने अमेरिकी प्रतिनिधि चीनमा




ट्रम्प र सी
ट्रम्प र सी

अमेरिका र चीनबीच जारी व्यापार युद्ध समाधान गर्नेबारे सोमबारदेखि चीनमा वार्ता सुरु हुने भएको छ। विश्व अर्थतन्त्रमा व्यापार युद्धको असर देखिन थालेपछि अमेरिका र चीन वार्ताका लागि राजी भएका हुन्।

अमेरिकी व्यापार विभागका कार्यकारी जेफ्री गेरिसको नेतृत्वमा अमेरिकी प्रतिनिधिहरु चीन पुगेका छन्। बेइजिङ आइपुगेको अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी अर्थ, बाणिज्य, कृषि र ऊर्जा मन्त्रालयका अधिकारीहरु पनि सहभागी छन्।

गतवर्ष सुरु भएको व्यापार युद्धका कारण अमेरिकामा प्रत्यक्ष असर पुगेको देखियो। एप्पल कम्पनीमा एकै दिनमा १० प्रतिशतले शेयर गिरावट आएपछि अमेरिकाले गतहप्ता चीनसँग वार्ताको पहल गरेको थियो। चीनले वार्तालाई स्वागत गरेको थियो।

तर यसअघिनै चीन र अमेरिकी राष्ट्रपति छिट्टै वार्ता गर्ने पक्षमा थिए। उनीहरुले गतवर्ष जि–२० वैठकमा व्यापार युद्ध अन्त्य गर्नेभन्दै ९० दिनका लागि विभिन्न सामाग्रीमा लगाएको कर फिर्ता लिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद अन्त्य गर्न सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। उनले आइतबार भने,‘चीनमा व्यापार युद्धको आसर निकै परेको रहेछ। त्यसैले चीन हामीसँग वार्ता गर्न चाहान्छ।’

अमेरिकी व्यापार प्रतिनिधिमण्डल चीन आएसँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

विश्वकै अर्थतन्त्रमा अस्थिरता ल्याउने सम्भावना रहेका चीन र अमेरिका दुबैले एकअर्का देशका ३ सय अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन्।

के छन् एजेन्डा?

आज सोमबारदेखि हुने वार्तामा चीन र अमेरिकी प्रतिनिधिले विद्यमान समस्याका बारेमा प्रत्यक्ष छलफल गर्नेछन्। गत डिसेम्बरमा ह्वाइट हाउसले दुवै पक्षले सकारात्मक छलफल गर्ने बताएको थियो।

‘बौद्धिक सम्पत्ति संरक्षण, साइबर चोरीका सम्बन्धमा संरचनात्मक परिवर्तन, भन्सार शुल्क तथा करका समस्या, साइबर घुसपैठ’जस्ता विषमा अमेरिका र चीनले यस वैठकबाट ठोस धारण निकाल्नेछन्।

अमेरिकाले चीनले बौद्धिक चोरी गरेको आरोप लगाउँदै आएको छ। चीनले अमेरिकासँग अनुचित व्यापार कारोबार गरेको अमेरिकी आरोप रहेको छ। चीन अमेरिकी आरोपलाई अर्थहिन ठान्दछ। एजेन्सी

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 13:34:52
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।