मोदीलाई गोर्खाल्याण्ड सम्झाउँदै नयाँदिल्लीमा प्रत्येक हप्ता प्रदर्शन



सन् २०१४ को चुनावको क्रममा सिलगुढी पुगेका मोदीले ‘गोर्खाहरूको सपना मेरो सपना हो’ भन्दै गोर्खाल्याण्डको सपना पूरा गर्ने वचन दिएका थिए।

गोर्खाहरूको सपनाको सम्झना गराउने उद्देश्यले भारतमा रहेका गोर्खालीहरुले राजधानी नयाँदिल्लीमा धर्ना कार्यक्रम गरेका छन्।

दार्जिलिङमा शक्तिशाली मानिएको विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा सम्बद्ध नेता–कार्यकर्ताहरुले यो धर्ना कार्यक्रम आयोजना गरेका हुन्।

त्यसक्रममा प्रदर्शकारीहरूले गोर्खाल्याण्डको पक्षमा र पश्चिम बङ्गाल सरकारले गोर्खाहरूमाथि गरिरहेको दमन नीतिको विरोधमा चर्को नाराबाजी गरेका थिए।

स्मरणरहोस्, सन् २०१४ को चुनावको क्रममा सिलगुढी पुगेका मोदीले ‘गोर्खाहरूको सपना मेरो सपना हो’ भन्दै गोर्खाल्याण्डको सपना पूरा गर्ने वचन दिएका थिए।

तर, आजसम्म पनि मोदीले गोर्खाहरुको गोर्खाल्याण्डको सपना पुरा गर्नेतर्फ पाइला चालेका छैनन्।

त्यसैले उनलाई गोर्खाहरूको सपनाको सम्झना गराउन यो धर्ना कार्यक्रम आयोजना गर्नुपरेको आयोजकहरुको दावी छ।

धर्ना कार्यक्रमका आयोजक आकाश रामुदामुका अनुसार गोजमुमोको दिल्ली–एनसीआर कमिटीको आयोजनामा साप्ताहिक रूपमा जन्तरमन्तरमा धर्ना कार्यक्रम हुँदै आएको छ।

‘भारतीय संविधानले दिएको प्रावधानअनुसार नै छुट्टै राज्यका रुपमा गोर्खाल्याण्ड मागेका हौँ’ उनले भने, हाम्रो राज्य माग्ने शैली गणतान्त्रिक छ, कानूनको सीमाभित्रै रहेर हामीले छुट्टै राज्य मागेका हौँ।’

केन्द्र सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरी गोर्खाहरूलाई न्याय दिनुपर्ने बताउँदै उनले त्यसो भएमात्र गोर्खाहरूले भारतको निर्माण र सुरक्षामा दिएको योगदानको साँचो कदर हुने दावी गरे।

दार्जिलिङ पहाड़मा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड मागिरहेका गोर्खाहरूमाथि दमन नीति अपनाइरहेको आरोप पनि रामदामुले लगाए।

‘दार्जिलिङमा गणतन्त्र छैन, गोर्खाल्याण्ड माग्ने मानिसहरूमाथि बङ्गालले अन्याय–अत्याचार गर्दैछ’ उनले थपे, ‘त्यहाँ मानव अधिकारको हनन हुँदैछ, बिनाकारण मानिसहरूलाई जेलमा हाल्ने काम गरिँदैछ।’

बङ्गाल सरकारको यस्तो अप्रजातान्त्रिक कार्यमाथि रोक लगाएर दार्जिलिङमा गणतन्त्र पुनर्बहाली गर्नका लागि केन्द्रले ठोस कदम चाल्नुपर्ने माग पनि रामुदामुले गरे।

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 18:37:33
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...