परिवारबाटै ज्यान मार्ने धम्की पाइरहेकी अल-कुनान



अल–कुनान
अल–कुनान

साउदी अरबकी एक महिलाले परिवारबाटै ज्यान मार्ने धम्की पाइरहेकी छन्। रहाफ मोहम्मद अल–कुनान २ दिनअघि परिवारसँग कुवेतका लागि विमान चढेकी थिइन्।

उनी परिवारबाट टाढा भाग्न चाहान्थिन्। उनी भाग्न सफल समेत भइन्। उनी थाइल्याण्डको बैंककहुँदै अष्ट्रेलिया भाग्न जान चाहान्थिन्।

तर सोही क्रममा उनको पासपोर्ट साउदी अधिकारीहरुले विमानमै खोसिदिए। उनी बैंकक त पुगिन्। तर त्यहाँबाट निस्कन भने सकिनन्।

यतिबेला उनी बैंककको विमानस्थलमै थुनिएकी छन्। उनले परिवारबाट भाग्ने इच्छा व्यक्त गर्नुको कारण थियो। उनले मुश्लिम धर्म त्यागेकी थिइन्।

यस्तै परिवारले उनको विवाह गरिदिन चाहान्थे। उनले बीबीसीसँग आफूले धर्म त्यागेका कारण परिवारले अरब फर्काएर हत्या गर्ने धम्की दिएको बताइन्।

परिवारले खोजिदिएको पुरुषसँग विवाह गर्न समेत उनलाई दबाब दिइएको थियो। थाइल्याण्डका प्रहरी माज जेन सुराचेट कहपार्नले बीबीसीसँग अल–कुनान विवाहबाट भाग्न खोजेको बताए।

तर उनीसँग भिसा नभएका कारण उनलाई थाइल्याण्ड प्रवेश गर्न दिइएको छैन। उनले प्रहरीलाई आफूसँग अष्ट्रेलियाका भिसा भएको तर बैंकक आउने क्रममा साउदीका अधिकारीहरुले आफ्नो पासपोर्ट खोसेको बताएकी छन्।

कुनालले ट्वीटरमा भनेकी छन्,‘मसँग भएका सामाग्री खोसिएकाले मैले आफ्नो सूचना सार्वजनिक गर्न सकेको छैन।’ उनले आफ्नो पासपोर्टको फोटोहरु भने सार्वजनिक गरेकी छन्।

उनले ट्वीटरमा भनिन्,‘मलाइ डर छ कि परिवारले मेरो हत्या गर्नेछन्।’ यस घटनाले सन् २०१७ को झल्को दिएको छ।

 This is a copy of my passport, Im shering it with you now because I want you to know I’m real and exist. pic.twitter.com/6yzVyFifp7

अष्ट्रेलिया जान चाहाने २४ वर्षिया साउदी महिला डिना अलि लासलोमलाई परिवारले फिलिपिन्सको मनिला एयरपोर्टबाट घर फर्काएका थिए।

परिवारबाटै ज्यान मार्ने धम्की पाइरहेकी अल–कुनानले क्यानडेली पर्यटकको फोनबाट एक भिडियो सार्वजनिक गरेकी छन्। त्यहाँ उनले परिवारको डर भएको बताएकी छन्।

मुश्लिम देश साउदी अरब पितृसतात्मक मूलुक हो। त्यहाँ विवाह देखि सामान्य निर्णय समेत पुरुषले लिने गर्दछन्।

यो पनि

साउदी महिलाले सम्बन्ध विच्छेदको खबर मोबाइल म्यासेजमा पाउने

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 18:26:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...