एक दशकदेखि अचेत रहेकी महिला कसरी आमा बनिन्?



अमेरिकाको एरिजोना राज्यमा दुर्लभ घटना घटेको छ। एक दशकदेखि ‘कोमा’मा रहेकी महिलाले बच्चा जन्म दिएकी छन्।

प्रहरी पनि यस विषयलाई लिएर हैरान भएका छन्। ती अचेत महिलामाथि बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ। उनको नाम खुलाइएको छैन।

प्रहरीले घटनाको अनुसन्धानलाई तिव्रता दिएको छ। पीडित महिला फिनिक्स इलाकाको नजिकमा रहेको हेसिन्डा हेल्थकेयरमा भर्ना भएकी थिइन्।

हेल्थकेयरले यसबारे विस्तृत जानकारी दिएको छैन। तर घटनाले दुखी बनाएको जनाएको छ। अमेरिकी टिभी च्यानल सीबीएसले ती महिलाबाट जन्मिएको नवजात शिशु स्वस्थ भएको जनाएको छ।

सीबीएसका अनुसार ती महिलाले बच्चा जन्म दिएपछिमात्र यस रहस्य सार्वजनिक भएको हो। ती महिलाको उक्त हेल्थकेयरमा राम्रो हेरचाहा गरिएको जनाइएको छ।

तर घटना कसरी घट्यो पत्ता लाग्न सकेको छैन। प्रहरीले यसको छानविन र अनुसन्धान सुरु गरेको छ।

यस घटना पश्चात हेल्थकेयरमा पुरुष डाक्टर अथवा कोही व्यक्ति महिलालाई हेर्न अथवा भेट्न गए ती व्यक्तिसँग एक नर्स पठाइने नियम बनाइएको छ।

यस घटना अमेरिकामा तरंग सृजना भएको छ। एरिजोना सरकारले प्रत्येक अस्पतालमा कोमामा रहेकी महिलाको स्वास्थ्य परिक्षण गर्न निर्देशन दिएको छ। बीबीसी

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 17:42:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...