चिनियाँ सेना युद्धको लागि तयार छन्: राष्ट्रपति सी



चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन युद्धको लागि तयार भएको बताएका छन्।

उनले देश संकटमा गुज्रिएको अवस्थामा त्यसको सामनका लागि तयार हुन पिपल्स लिबरेसन आर्मीलाई सचेत गराएको द ग्लोबल टाइम्सले जनाएको छ।

शुक्रबार राजधानी बेजिङमा भएको सेन्ट्रल मिलिट्री कमिसनको बैठकमा सिले देश खतरातर्फ बढीरहेको अवस्थामा सुरक्षा अधिकारीहरुलाई सजग रहन निर्देशन दिएका थिए।

उनले बैठकमा भने,‘विश्वमा यस्तो बदलाव भइरहेको छ। जुन वितेको एक दशकमा कहिल्यै भएको थिएन। त्यसको लागि हामी सचेत रहनुपर्छ। रणनीति विकास गर्नुपर्छ।’

सीले चिनियाँ सेना युद्धका लागि तयार भएको बताएका छन्। उनले सैन्य अभ्यासका लागि महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर समेत गरेका छन्।

Image result for trade war

युद्धको लागि तयार हुनुको कारण?

द ग्लोबल टाइम्सका अनुसार दक्षिण चीन सागरमा चीन आफ्नो नियन्त्रण बढाउन चाहन्छ। यस्तै अमेरिकासँगको व्यापार युद्ध र ताइवन सम्बन्धलाई लिएर उत्पन्न हुनसक्ने खतराको सामना गर्न चीन तयार हुन चाहान्छ।

यसवर्ष पिपल्स लिबरेसन आर्मी पिएलएको युद्ध क्षमता जाँच गर्न चीनले क्षमता प्रदर्शन कार्यक्रम आयोजना गर्नेछ। ग्लोबल टाइम्सका अनुसार सैन्य अभ्यासबाट चीन आफू सबैभन्दा शक्तिशाली भएको देखाउन चाहन्छ।

जसले जस्तोसुकै युद्ध जित्ने सामथ्र्य राख्न सक्दछ। एजेन्सी

प्रकाशित २१ पुस २०७५, शनिबार | 2019-01-05 19:03:40
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...