भारतले सिक्न नचाहेको एउटा पाठ




बलात्कार घटनाविरूद्ध दिल्लीमा निस्किएको मैनबत्ती जुलुस
बलात्कार घटनाविरूद्ध दिल्लीमा निस्किएको मैनबत्ती जुलुस

६ वर्षअघि भारतको राजधानी दिल्लीमा बसभित्र एक महिला विद्यार्थीमाथि भएको सामुहिक बलात्कारको घटनाले विश्वलाई आश्चर्य चकित बनाएको थियो।

ज्योति सिंह पाण्डेको बलात्कारले विश्वमा एक किसिमको तरंग सृजना गरिदिएको थियो। पर्यटकहरुले भारतमा हेर्ने दृष्टिकोण समेत परिवर्तन भयो। उनीमाथि निर्मम कुटपिटपछि सामुहिक बलात्कार भएको थियो। पिडा सहन नसकेको उनको शरिरले केहि दिनमै प्राण त्याग्दा हजारौं जनसागर यस घटना विरुद्ध सडकमा उत्रिए। त्यस घटनजा पश्चात भारतमा बलात्कार निर्मुल र न्यूनिकरण गर्न अनेकौं अभियानहरु संचालन भए। तर सबै प्रयास अर्थ विहिन रहे।

भारतमा महिलाहरु ज्योति सरहनै आफ्नो जीवन गुजारा गरिरहेका छन्। बलात्कार र महिला हिंसा भारतमा कहिल्यै निको नहुने रोगजस्तो जकडिएको छ।

१६ डिसेम्बर अर्थात ‘दिल्ली बलात्कार घटना’ ६ वर्ष पुगेकै दिन गत हप्ताको आइतबार १६ डिसेम्बरमा दिल्लीमै अर्को दर्दनाक घटना घट्यो। ३ वर्षिया बालिकामाथि एक ४० वर्षिय पुरुषले बलात्कार गरे। रन्जित नाम गरेका एक सुरक्षा गार्डले ती बालिकालाई बलात्कार गरेपछि कपडामा पोका पारेर राखिदिएका थिए। बालिकाका पिताले छोरीलाई अचेत देखेपछि यस घटना सार्वजनिक भएको थियो। प्रहरीले रन्जितलाई हिरासतमा लिएको छ। ३ वर्षिया बालिकामाथि भएको यस घटना सन् २०१२ मा घटेको दिल्ली घटनाभन्दा आतंकीत भएको विश्लेषण गरिएको छ। अधिकारकर्मीहरु बालिकामाथिको बलात्कारले अमानवताको पराकाष्ठा नाघेको विश्लेषण गर्दछन्।

रोकिएन महिला हिंसा
भारतको ‘नेसनल क्राइम रेकर्ड्स ब्यूरो’का अनुसार भारतमा दैनिक १ सयभन्दा बढी बलात्कार र महिला हिंसाको मुद्धा प्रहरीमा दर्ता हुने गर्दछन्। ब्यूरोका अनुसार सन् २०१६ मा ३९ हजार महिला हिंसा तथा बलात्कारको मुद्धा दर्ता भएका थिए। सो संख्या १२ प्रतिशतले प्रत्येक वर्ष बढ्दै गएको छ। गतहप्तामात्र एक वेलायती महिला पर्यटकले होटलमा फर्कदै गर्दा आफूमाथि बलात्कार भएको प्रहरीमा मुद्धा दर्ता गरेकी छन्। ‘महिला हिंसा निक्र्योल गर्नका लागि राजनीतिक तवरबाट यस विषयमा ध्यान नदिएको पाइएको छ।’ दिल्लीस्थित सामाजिक खोज केन्द्रका निर्देशक रन्जना कुमारीले भनिन्,‘महिलाको पक्षमा कानुन तथा नियम बनाइने धेरै वाचाहरु गरिए तर कार्यान्वयन भएनन्।’

भारतमा कैयौं महिला हिंसाका घटनाहरु जातीय तथा धार्मिक विभाजनका कारण हुने गरेका छन्। गत अप्रिलमा उत्तरी राज्य जम्मु, कासमिरमा ८ वर्षिया बालिकालाई लागुऔषधको सेवन गराई सामुहिक बलात्कार भयो। प्रहरीले सबै ८ हिन्दु धर्म मान्ने अभियुक्तलाई पक्राउ गरे। उनीहरुले अनुसन्धानका क्रममा त्यहाँका बहुसंख्यक मुशलमानहरुलाई धम्काएर धर्म परिवर्तन गराउने आफ्नो योजना भएको बताएका थिए। यस घटनाले भारतमा ठूलो आन्दोलन निम्तायो। आन्दोलनमा भाग लिएको २ मन्त्री दबाबका कारण राजीनामा दिन समेत बाध्य भए। यसै घटनाबाट दबाबमा आएको भारत सरकारले नयाँ कानुन ल्याएको छ। अब १२ वर्षभन्दा मुनीका बालिकामाथि बलत्कार गर्ने व्यक्तिलाई मृत्यु दण्डको सजाए हुनेछ।

अधिकारकर्मीहरुले भारतमा कानुन भएपनि कार्यान्वयन हुनेमा विश्वस्त छैनन्। उनीहरुले कानुनलाई कार्यान्वयन गरिए महिला हिंसा तथा बलात्कारको घटना न्यूनिकरण हुने विश्वास व्यक्त गर्दछन्।

पाठ सिक्न असफल भारतीय
सन् २०१२ डिसेम्बर १६ तारिखका दिन राजधानी दिल्लीमा त्यो अमानवीय र निर्मम बलात्कार घटना घटेको थियो। मनोचिकित्सा विज्ञानकी विद्यार्थी ज्योति सिंह पाण्डे आफ्नो एक पुरुष साथीसँग ‘लाइफ अफ पाइ’ चलचित्र हेरेर राति बसमा घर फर्किदै थिइन्। त्यसबेला ड्राइभरसहित ६ पुरुष त्यस बसमा सवार थिए। पुरुषहरु मदिराले मात्तिएका थिए। ज्योतिकी पुरुष साथीलाई कुटपिट गरेर घाइते बनाएपछि उनीहरुले ज्योतिमाथि बलात्कार गरे। प्रहरीका अनुसार बलात्कार भइन्जेल ड्राइभरले प्रहरीलाई खबर गर्नुको साटो सहरभर गाडि कुदाइ रहे। सबैले पालैपालो बलत्कार गरेपछि उनीहरुले रोडको छेउमा घाइते दुवैलाई फालिदिए।

ज्योति यतिसम्म घाइते भएकी थिइन् कि उनको भित्री अंगहरु फालिनु बाहेक अन्य विकल्प थिएन। घटना भएको दुई दिनपछि सिंगापुरको अस्पतालमा उनको मृत्यु भयो। त्यसपछि सो अभियोगमा ४ जनालाई मृत्यु दण्डको सजाए दिइयो। अर्का एक जनाले सन् २०१३ मा जेलमै आत्महत्या गरे। ती मध्ये जेलमा राख्न अयोग्य एक किशोर ३ वर्षपछि रिहा भए।

तर यस विषय समाचार बनेपछि यसले विश्वमा ठूलो हलचल मच्चायो। हजारौं मानिसहरु आन्दोलनमा उत्रिए। उनीहरुले फितलो कानुनभन्दै कानुन परिमार्जनको माग गरे। त्यसयता भारतमा महिला हिंसाविरद्धका विभिन्न अभियान संचालन भइसके। नयाँ कानुनहरु बने। तर अझैपनि बलात्कार र महिला हिंसा घटनामा कमी आएको देखिँदैन। त्यसको ठिक विपरित वर्षेनी बलात्कार र महिला हिंसाको घटना बढ्दै गएका छन्।

अधिकारकर्मीहरु पितृसतात्मक विचारधारा परिवर्तन गर्न सकेमा यस्ता घटना न्यूनिकरण गर्न सकिने तर्क गर्छन्। अधिकारकर्मी जयश्री बाजोरिया भन्छिन्,‘भारतमा पितृसतात्मक विचारधारा हाबी छ। यसलाई परिवर्तन गर्न जरुरी छ।’ शिक्षा, महिला शशक्तिकरण, अभियानहरु संचालन भएका छन्। यद्यपी वर्षेनी यस्ता घटना वृद्धि भइरहेको छ। उनी भन्छिन्,‘सानै देखि बालक र बालिका विद्यार्थीलाई महिला हिंसा, समानता जस्ता विषयमा शिक्षा दिन सकिए यस्ता घटना भविष्यमा निकैनै कम हुनेछ।’ थोरै मात्रामा परिवर्तन देखिएपनि महत्वपूर्ण परिवर्तन भने हुन बाँकी रहेको उनको तर्क छ। (सिएनएनबाट अनुवाद)

प्रकाशित ९ पुस २०७५, सोमबार | 2018-12-24 14:43:12
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?