चीन कसरी ‘अंग्रेजी नबोल्ने अमेरिका’ बन्याे?



सुधार र खुलापन सुरु भएको ४० बर्ष पुगेको अवसरमा बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा आयोजित कार्यक्रम
सुधार र खुलापन सुरु भएको ४० बर्ष पुगेको अवसरमा बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा आयोजित कार्यक्रम
पिपुल्स डेली

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा पक्राउ परेकै वर्ष अर्थाते १ सय ८० बर्षअघि उत्तरी छिमेकी देश चीन पनि ठूलो घटनाबाट गुज्रँदै थियो। त्यसैवर्ष चीन र बेलायतसँग पहिलो ‘अफिम युद्ध’ शुरु भएको थियो।

युद्धमा चीन पराजित भयो। युद्धमा चीन पश्चिमा शक्तिहको तुलनामा शक्तिका हिसावले कमजोर मात्रै देखिएन, आफ्नो महत्वपूर्ण भूभाग हङकङ बेलायतलाई सुम्पन्न बाध्यपनि भयो।

बेलायत, फ्रान्स, जर्मनी र रुसले चिनियाँ भू-भागमाथि नियन्त्रण गरे। चीन कमजोर हुँदै गयो। त्यो अधोगतिले आफूसँगै चिङ राजतन्त्रलाई पनि समाप्त गर्‍यो। राजतन्त्र समाप्त भयो, यसका वावजुद पुरै देश एकजुट हुन सकेन।

ठाउँ ठाउँमा युद्ध सरदारहरु देखिए। केहीले मुलुकको भूभागबाट छुट्टिएर स्वतन्त्र घोषणा समेत गरे। पछि जापानबाट पनि चीनमाथि आक्रमण भयो। यताबाट पनि, उताबाटपनि आक्रमणमात्रै बेहोर्नुपर्दा चिनियाँ स्वाभिमानमाथि निकै ठुलो चोट लाग्यो।

चीनलाई आफ्नो पुरानो वैभवमा पुन फर्किन १ सय ७० वर्ष भन्दा बढी समय लाग्यो।

खासगरी सन् २००८ को आर्थिक मन्दीका काण अमेरिकासहित पश्चिमी देशहरुको आर्थिक अवस्था खस्कियो, राजनीतिक र आर्थिक केन्द्र एसिया, खासगरी पूर्वी र दक्षिण पूर्वी एशियामा सर्‍यो। विस्तारै चीन फेरि विश्वशक्तिका रुपमा दरिन पुग्यो।

चीन विश्वशक्तिका रुपमा स्थापित भएपछि यसै वर्षको शुरुमा भूराजनीतिक परिवर्तनबारे प्रकासित एक विशेष रिपोर्टमा ‘द इकोनोमिष्ट’ ले लेखेको थियो, ‘अहिले चीनले आफूलाई करिब दुई सय वर्षअघि पुगेको ठान्दछ।’

चीन अहिलेको अवस्थामा पुग्नुमा उसले चालिस वर्षअघि आजैका दिन चालेको कदम निर्णायक हुन पुग्यो। ३-८ पुष २०३५ मा भएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को ११ औँ प्लेनमको बैठकले चीनले लिँदै आएको नीतिलाई परिवर्तन गरी आर्थिक सुधार र खुलापनको नीति लिएको थियो।

‘चीनले नीतिगत सुधार गर्नुअघिसम्म अमेरिकाबाहेक अन्यत्रतिर खुलापनको ‘डिस्कोर्स’ थिएन, पचास वा साठीको दशकमा संसारभर समाजवादको लहर थियो’ नेपाल इकोनोमिक फोरमका अध्यक्ष सुजीव शाक्यले भन्छन्, ‘माओ त्से तुङले कम्युनिष्ट सिद्धान्तलाई अंगालेरै एक रुपमा लिएर गए। माओका नीतिलाई भंग गरी आर्थिक सुधार र खुलापनको नीति ल्याउनु एउटा बोल्ड मुभ थियो।’

४० वर्षअघि चिनियाँ नेता देङ सिआओ पिङको नेतृत्वमा सामुहिक प्रणाली परित्याग गरी चीनले खुला आर्थिक नीति लिएको थियो। चीन नयाँ प्रणालीमा प्रवेश गरेको ठीक ४० बर्ष पुगेको अवसरलाई चीनले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। त्यो बेला देङ उपप्रधानमन्त्री थिए। तर, चीनले यो नीति लिनुमा उनको महत्वपूर्ण भूमिका रह्यो। त्यही नीतिको जगमा अहिले चीनले प्रगति गरेको हो।

‘पहिलो केहीलाई छिटै धनी हुन दिऊँ, अनि सबै धनी होऔँला भन्ने नीति चीनले लियो’ राजनीति विश्लेषक झलक सुवेदी भन्छन्, ‘समृद्धिका लागि जुन सजिलो माध्यम हुन्छ, चीनले त्यसैलाई अंगाल्दै गयो। त्यसपछिको परिणाम अहिले संसारले देखेकै छ।’ समाजवादी व्यवस्था भनेको गरिबी वितरण गर्ने व्यवस्था होइन भन्ने देङको धारणा रहेको थियो।

देङ नेतृत्वमा चीनले लिएको नयाँ नीतिका कारण गरिवी निवारणमा महत्वपूर्ण प्रगति भएको छ। पहिले ८० प्रतिशत चिनियाँ जनता गरिबीको रेखामुनि थिए। अहिले त्यो एक प्रतिशतमा झरेको छ। आगामी दुई वर्ष अर्थात् सन् २०२० सम्ममा गरिबी अन्त्य गर्ने घोषणा चीनले गरेको छ।

नेपालमा राणा शासनकाे समाप्ति र प्रजातन्त्र स्थापना भएको एक वर्षअघि अर्थात् सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएकाे थियाे। जनवादी गणतन्त्रको घोषणासँगै ‘अफिम युद्ध’ बाट शुरु भएको ‘अपमानको शताब्दी’ सकिएको घोषणा जनवादी चीनले गर्‍यो। तर त्यतिबेला उसले समृद्धितर्फ अपेक्षित गति भने लिन सकेन।

ठूलो जनसंख्या, स्रोत र साधनको राम्रो व्यवस्था हुँदाहुँदै पनि गरिवीको अवस्थामा रहेको त्यस समयमा खिसी गर्नेहरुले चीनलाई ‘एशियाको रोगी’ को उपनाम पनि दिएका थिए।

सन् १९४९ को क्रान्तिपछि चीनमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भूमिसुधार गरेर जमिनमा रहेको सामन्ति व्यवस्था समाप्त गर्ने सहमति पार्टीभित्र बनेको थियो। भूमिसुधार सम्पन्न भएपछि चाहिँ कसरी अघि बढ्ने भन्ने सम्बन्धमा सीपीसीभित्र विवाद सिर्जना हुन पुग्यो।

माओले सन् १९५८ मा ग्रेट लिप फवार्ड (छलाङ)को घोषणा गरेका थिए। कृषिमा आधारित अर्थतन्त्रलाई तीव्र औद्योगिकिकरण गरेर समाजवादमा पुग्ने उनको लक्ष्य थियो। कृषिका सामुहिक खेतीका लागि कम्युनहरुका गठन गरिए। उद्योगहरु राष्ट्रियकरण गरिए। तर उत्पादन भने अपेक्षाकृत रुपमा बढन सकेन।

किसानले उत्पादन गरेको खाद्यान्न सहरमा पुर्‍याइयो। तर त्यसले गाउँमा भोकमरी लाग्यो। अनौपचारिक तथ्याङ्कअनुसार त्यतिबेला करिब दुई करोड मानिसका मृत्यु भएको अनुमान गरिएको छ। त्यही कारण सन् १९६० र १९६२ मा भएको पार्टी महाधिवेशनमा माओका नीतिहरुको चर्को आलोचना भयो।

त्यसैक्रममा पार्टीमा देङ र लिउ साउ चीको उदय भयो। तर माओले दुवैजनालाई पूँजीवादी भएको आरोप लगाए। अनि, सन् १९६६ मा सांस्कृतिक क्रान्ति शुरु गरे। यो क्रान्तिको उद्देश्य पार्टी र समाजभित्रका पूँजीवादी र रुढीवादीहरुलाई समाप्त पार्ने थियो।

त्यस क्रममा लिउ, देङसहित विभिन्न नेताहरु गद्दार घोषणा गरिए। लिउ त मारिए नै। देङलाई चाहिँ श्रम शिविरमा राखियो। श्रमकैदमा रहँदा उनले घोडाको लिदी सोहर्ने काम गर्थे। सांस्कृतिक क्रान्ति सन् १९७६ मा माओको मृत्यु नहुन्जेल जारी रह्यो। माओको मृत्यु भएको चार महिनापछि नै देङ पार्टीमा पुन:स्थापित भए। उनले पार्टीको शीर्ष पद त लिएनन् तर पार्टीमा उनी सबैभन्दा प्रभावशाली थिए। नीति निर्माण र निर्णयमा उनी निर्णायक रहे।

हुन त माओकालमै पनि केही प्रान्तमा किसानलाई निजी रुपमा जमिन कमाउन दिइएको थियो। सरकारले निर्धारण गरेको बाहेक अन्य खाद्यान्न उनीहरुले बजारमा लगेर बेच्न पाउँथे। सिचुवानमा गरिएको यो अभ्यासका सकारात्मक प्रभाव परेपछि त्यसलाई नै देङ अन्य क्षेत्रमा पनि भित्र्याए।

निजी र सार्वजनिक साझेदारी अन्तर्गत राष्ट्रिय पुँजीका विकासका लागि नीति लियो। अहिले चीनका विकासका आधार त्यही हो। त्यसले चीनलाई विश्वका दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ। विदेशी ऋण, पुँजी लगानी गराउनेदेखि प्रविधि भित्र्याउनेसम्मका काम भए।

चालिस वर्षको अवधिमा आफूलाई विश्वको दोस्रो आर्थिक शक्तिको रुपमा स्थापित गराउन सफल भएको छ चीन। विश्वमा सबैभन्दा धेरै विदेशी मुद्राको सञ्चिति रहेको चीन अहिले विश्वको सबैभन्दा ठूलो लगानीकर्ता पनि हो।

‘चीनले लिएको नीतिकाे प्रभाव विश्वभर पर्याे। दक्षिणपूर्वी एशिया, अफ्रिका, ल्याटिन अमेरिका, पूर्वी युरोपमा देशहरुले चीनले लिएजस्तै आर्थिक नीति लिएर आफूलाई अघि बढाइरहेका छन्। तर नजिकै भएर पनि हामीले त्यसबाट खासै सिक्न सकेनौं’ अध्यक्ष शाक्यले भन्छन्, ‘खासमा भन्ने हो भने इङ्गलिस नबोल्ने अमेरिका हो चीन। उसको सोच र काम गराइ सबै अमेरिका जस्तो छ। जेमा पनि ‘लिडरसिप’ लिने आफ्नै प्रकारको सिस्टमको सिर्जना गर्छ।’

प्रकाशित ३ पुस २०७५, मंगलबार | 2018-12-18 18:59:17
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...