सिक्किममा ट्रेकिङ व्यवसाय ओरालो लाग्दा नेपाललाई फाइदा



सिक्किममा निकै फस्टाएको ट्रेकिङ पर्यटन व्यवसाय बिस्तारै नेपालतिर सर्न थालेको छ।

कुनै समय पश्चिम सिक्किमको योक्सम ट्रयाकिङका लागि प्रसिद्ध थियो, तर यसले अहिले आफ्नो साख गुमाउँदै छ। र, त्यसको लाभ नेपालको पर्यटनले लिँदैछ।

ट्रेकिङ साहसिक पर्यटनमध्येकै एक भएकोले यसका लागि पूर्वाधार चुस्त र दुरुस्त हुनपर्छ। योक्सममा यसको कमी देखिएको छ।

योक्समको ट्रेकिङ रूट धेरै पुरानो त हो, तर अहिले यो रूटमा फाटाक–फुटुक पर्यटक मात्र देखिन्छन् आजकल।

‘यतातिर ट्रयाकिङ गर्न आउने पर्यटकहरूको रूचि अहिले नेपालतिर सरेको छ’ योक्समका एक पर्यटन व्यवसायी नवाङ ग्याछो भोटिया भन्छन्, ‘पहिले यता ट्रेकिङका लागि आउने पर्यटकहरू उतै (नेपाल) तिर जाँदैछन्।’

भोटियाका भनाईमा, पूर्वाधारको समुचित विकासको अभावमा यस्तो भएको हो।

‘ट्रेकिङमा गएका पर्यटकहरू समस्यामा फसे वा विरामी भइहाले तत्काल उद्धार गर्न सम्भव छैन’ भोटियाले समस्या सुनाए, ‘तत्काल उद्धारकार्यका लागि आवश्यक पर्ने हेलिकप्टरको अभाव छ।’

भोटिया थप्छन्, ‘नेपालमा तत्काल उद्धारकार्य सम्भव छ। किनभने उनीहरूसँग हेलिकप्टरको व्यवस्था छ, त्यसैले पनि पर्यटक यहाँ ट्रेकिङ गर्न आएर जोखिम उठाउनभन्दा नेपालतिरै सुरक्षित ठान्छन्।’

वन विभाग र कञ्चनजङ्घा राष्ट्रिय उद्यानलाई बुझाउनुपर्ने कर उच्च रहेकोले पनि योक्समको ट्रेकिङ महँगो पर्छ। यहाँ ट्रेकिङ गर्न आउने पर्यटकहरूको सङ्ख्याको एउटा कारण यो पनि हो।

ट्रेकिङकै कारण कुनै समय योक्सम प्रसिद्ध थियो। यहाँको पर्यटन व्यवसाय फस्टाएको थियो, तर योक्समले ट्रेकिङको गरिमा गुमाएसँगै पर्यटन व्यवसाय पनि धर्मराउन थालेको छ।

ट्रेकिङमा आउने पर्यटकहरुको संख्या घट्दै गएकोमा चिन्तित स्थानीय पर्यटन व्यवसायी डीबी छेत्रीका अनुसार पाँचवर्ष अघिसम्म योक्समको रूटमा ट्रेकिङ गर्न आउने पर्यटक निकै धेरै हुन्थे, पछिल्लो पाँच वर्षयता त्यो सङ्ख्या ह्वात्तै घटेको छ।

उनीपनि समस्यामा पर्ने पर्यटकहरुको उद्दारका लागि हेलिकोप्टरको व्यवस्था नहुनुलाई मुख्य समस्या ठान्छन्। ‘ट्रेकिङ गर्न गएका पर्यटकहरू विमार भइहाले तत्काल उद्दार गर्ने कुनै साधन छैनन्’ उनले दुखेसो पोखे, ‘समस्या परिहाल्यो भने भारतीय वायु सेनासँग गुहार माग्नुपर्छ। वायु सेनामार्फत् हेलिकप्टर आयो भने धेरै समय लाग्छ।’

उनका अनुसार हेलिकप्टरको मात्र होइन, तर ट्रेकिङमा गएका पर्यटकहरूसँग निरन्तर सम्पर्कमा रहनका लागि वकिटकीको पनि आवश्यकता पर्छ। तर वकिटकी पनि उनीहरूसँग छैन।

यद्यपि सरकारले योक्सममा पर्यटक व्यवसायका लागि पूर्वाधारहरूको विकास गरिरहेको बताउने उनीहरु योक्समको ट्रेकिङ व्यवसाय पुनः पहिलेकै स्थितिमा फर्किने कुरामा चाहिँ आशावादी छन्।

प्रकाशित १९ मंसिर २०७५, बुधबार | 2018-12-05 16:55:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...