Exclusive

भवन भट्टको चिन्ताः बालुवाटारमा मिसाइल खसे के हुन्छ? (भिडियाे)

एनअारएनए अाफ्नै भवनमा



बालुवाटारस्थित भवन उद्घाटन समाराेहमा उपस्थित एनअारएन नेताहरू
बालुवाटारस्थित भवन उद्घाटन समाराेहमा उपस्थित एनअारएन नेताहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।

२४ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको बिहीबार राति एनआएनए नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले युद्धको बेला केन्द्रमा प्रहार हुनसक्ने भन्दै बालुवाटार त्यस्तै एउटा केन्द्र रहेको उल्लेख गरे। ‘यहीँ सभामुख, यहीँ प्रधानमन्त्री निवास हुँदा यहाँ मिसाइल खस्यो भने सबैभन्दा पहिला खत्तम हुने त हामी हुन्छौं’, उनले ठट्याैली गर्दै भने, ‘बालुवाटारजस्तो अत्यन्त सुरक्षित र स्वच्छ ठाउँमा हामीले आफूलाई स्थापित गर्न पाएका छौं।’

अध्यक्ष भवन भट्ट

अध्यक्ष भवन भट्ट

प्रधानमन्त्री निवास नजिकै रहेकाले उहाँलाई धकेलेर पनि कार्यक्रम ल्याउन सकिने भट्टको भनाई थियो। ‘कार्यक्रम गर्दाखेरि प्रधानमन्त्रीज्यू जहिले पनि ढिला हुनुहुन्छ। खुरुरु... गएर उहाँलाई धकेलेर पनि ल्याउन सक्ने लोकेसन हामीले पाएका छौं।’

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शेष घलेले नेपालमै बसोबास गर्नेदेखि लिएर विदेशमा रहेका नेपाली विद्यार्थीसम्मले भवन निर्माणमा सहयोग पुर्याएकाे स्मरण गरे। ‘एक जना महिला आफ्ना छोराछोरी भेट्न अष्ट्रेलिया आउनु भएको थियो।

झन्डोत्तलन गर्दै एनआरएन नेताहरू

झन्डोत्तलन गर्दै एनआरएन नेताहरू

उहाँ एनआरएन होइन तर उहाँले नेपाली रुपैयाँमा सहयोग गर्नुभयो’, घलेले रकम संकलनका दिन स्मरण गर्दै भने, ‘जापानमा हाम्रो क्षेत्रीय सम्मेलनमा फन्ड रेजिङ गर्दै जाँदा नेपालबाट जानुभएका पत्रकारहरुले गोजीबाट निकालेर नेपाली रुपैयाँ सहयोग गर्नुभयो। उहाँहरुको नाम मलाई थाहा छैन। आज म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।’ भवन निर्माणमा सहयोग गर्ने सबैको रेकर्ड राख्नुपर्ने उनको भनाई थियो।

शेष घले, निवर्तमान अध्यक्ष

शेष घले, निवर्तमान अध्यक्ष

एनआएनए उपाध्यक्ष कुमार पन्तले भवन निर्माणमा निवर्तमान अध्यक्ष शेष घलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। यसैगरी जमुना गुरुङले समेत भवन निर्माणमा उल्लेख्य योगदान पुर्याएकाे उनको भनाई थियो। एनआरएनए संरक्षक एवं पूर्व उपाध्यक्ष जीवा लामिछानेले १४ वर्षसम्म गैरआवासीय नेपाली संघलाई सचिवालय प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे।

जीवा लामिछाने, संरक्षाक एवं पूर्वअध्यक्ष

जीवा लामिछाने, संरक्षाक एवं पूर्वअध्यक्ष

एनआरएनए संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले भवन निर्माणमा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको योगदान रहेको उल्लेख गरे। ‘अब संस्था पनि दर्ता भयो, अभियान पनि ठूलो भयो, घर पनि भयो। अब जुन सपना बोकेका छौं त्यो पूरा गर्नुपर्ने स्थिति छ। त्यो भनेको समृद्धि हो’, मतोले भने।

भिडियाे

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 10:32:18
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।