कश्मीरमा सुरक्षामर्की र विद्रोहीबीच गोली हानाहान, दुईको मृत्यु

भारत नियन्त्रित काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र विद्राेही समूहबीच भएको दोहोरो गोली हानाहानमा दुई विद्राेहीकाे मृत्यु भएको छ।

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी समूहका  रहेको भारतीय संचार माध्यमहरुले प्रहरी स्रोतलाई उदृत गर्दै जनाएको छ।

भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो।

स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो। यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ।

 
प्रकाशित 2018-10-11 17:32:11