विश्वकै सबैभन्दा लामाे उडान अाजदेखि सञ्चालन गर्दै सिंगापुर एयरलाइन्स


Infocus



सिंगापुर एयरलाइन्सले विश्वमा अहिलेसम्मकै लामो उडान भर्ने भएको छ। बिहिबार सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्यूयोर्क, अमेरिकासम्मको उडान लगातार १९ घण्टा तय गर्न लागेको हो।

NIC ASIA

जुन विश्वमा अहिलेसम्मकै लामो उडान हुनेछ। यस उडानका क्रममा सिंगापुर एयरलाइन्सको विमानले १५ हजार किलोमिटर भन्दाबढीको दुरी पार गर्नेछ।

यसअघि सिंगापुर एयरलाइन्सलेनै १९ घण्टाको लगातार उडान भर्ने योजना ल्याएको थियो। केहि समय संचालनमा आएपनि यस सुविधा महंगोभएपछि पाँच वर्षपछि बिहिबार एयरलायन्सले सोहि योजना कार्यान्वयनमा ल्याउन लागेको हो।

सिंगापुरदेखि न्यूयोर्क लगातार उड्ने विमानमा १ सय ६१ यात्रु क्षमता रहेको छ। एयरलाइन्सले यात्रुहरुको अनुरोधपछि पुन: यस्ताे सुविधा प्रदान लागेकाे बताएकाे छ। सिंगापुर-न्युयाेर्क रूटमा विशेषगरी व्यापारीहरुले यात्रा गर्छन्। यी दुवै व्यापारिक हब मानिन्छन्।

विश्वकै लामाे याे उडानमा इकाेनाेमी क्लास हुने छैन। बिजनेस क्लास तथा प्रिमियम इकाेनाेमी क्लास मात्र छन्। एयरलाइन्स याे उडानमा इकाेनाेमी क्लास राख्न पनि इच्छुक देखिएकाे छैन।

विश्वभर लामो दुरीको उडान भर्ने लहर नै चलेको अवस्थामा सिंगापुर एयरलाइन्सले न्युयाेर्क उडान सुरू गरेकाे हाे। यसैवर्षको सुरुवातमा क्यान्टसले १७ घण्टासम्म लगातारकाे उडान संचालनमा ल्याएको थियाे। याे उडान पर्थदेखि लण्डनसम्म पुग्छ। यस्तै कतारले समेत साढे १७ घण्टा अकल्याण्डदेखि दोहाको उडान गर्दै अाएकाे छ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 13:43:36
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...