Exclusive

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ



पक्राउ
पक्राउ

म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ।

म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ।

अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन्।

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए।

इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो।

यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिए।

यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो। राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो।

अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए। उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए।

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उनका आलोचक बढ्दै गएका छन्।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 10:45:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।