पोर्चुगलको पुरातत्व विभागले चार सय वर्ष पुरानो पानी जहाजको अवशेष फेला पारेकाे छ।
पुरातत्व विद्ले अवशेष फेला पारेपछि यसलाई ‘शताब्दीकै महत्वपूर्ण खोज’ भनेका छन्। राजधानी लिस्बोन नजिकै रहेको सामुद्रिक व्यापार केन्द्र कासकियस क्षेत्रमा रहेको टागुस खोलामा त्यस पानी जहाजको अवशेष भेटिएको हो।
पुरातत्वले सन् १५७५ देखि १६२५ को बीचमा यस जहाज डुबेको आशंका गरेका छन्। व्यापारिक गतिविधिका लागि भारत पुगेको जहाज फर्कदा डुबेको हुनसक्ने बताइएको छ।
यस खोजले पुराना समयका मूल्य मान्यता थाहा पाउन मद्दत पुग्ने बताइएको छ। एजेन्सी