Exclusive

‘म्यानमारको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने अधिकार राष्ट्रसंघलाई छैन्’



म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरुले अल्पसङ्ख्यक रोहिंग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले हत्याहिंसा गरेको म्यान्मारको सेनामाथि आरोप लगाएको एक हप्तापछि सेना प्रमुखको यो भनाइ आएको हो।

देशको सार्वभौमिकतामाथि निर्णय र हस्तक्षेप गर्ने कुनै देश, सङ्गठन र समूहलाई अधिकार नभएको सेनाप्रमुख हाइङको भनाइ उद्धृत गर्दै सेनाद्वारा सञ्चालित अखबार म्यावाडीले सोमबार प्रकाशन गरेको छ।

गत वर्षको अगस्टदेखि रोहिंग्या मुसलमानमाथि म्यान्मारको सेनाबाट भएको हिंसाको विषयमा ४ सय ४४ पृष्ठको अनुसन्धानात्मक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको थियो।

रखाइन राज्यमा रोहिंग्या मुसलमानविरुद्ध भएका हत्या, बलात्कार अन्यायपूर्ण हिंसाले मानव जीवनको अपमान गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ।

यस जातीय हिंसाका कारण सातलाख भन्दा बढी रोहिंग्या मुसलमानहरु बङ्गलादेश पुगेका छन्। अझै पनि उनीहरु बङ्गलादेशमा नै शरणार्थीको रुपमा रहन बाध्य छन्।

बारम्बार दुई देशबीच भएका सम्झौताको बाबजूद बङ्गलादेशमा शरणार्थी म्यान्मार फर्किन डराएका छन्। तर सेनाले भने म्यान्मारको रखाइन राज्यमा भएको यस दमनलाई अस्वीकार गर्दै आएका छ। एजेन्सी

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 18:41:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।