दुई खर्बभन्दा बढीको चिनियाँ सामग्रीमा नयाँ कर लागू, अमेरिकाले व्यापार युद्ध चाहेको चीनको चेतावनी


Infocus



अमेरिकाले चीनका २ खर्ब डलरभन्दा माथिका सामग्रीमा सोमबारदेखि पूर्व घोषित कर लागू गरेको छ। अमेरिकाले चीनबाट आयात भएका सामग्रीमा सोमबार बेइजिङको मध्यान्न समयदेखि कर लागू गरेको हो।

NIC ASIA

कर लागू गरेसँगै अमेरिकाले चीनको अनुचित र अस्वस्थ व्यापार व्यवहारका कारण आफूले उसमाथि कर लगाएको जानकारी दिएको छ।

गत हप्ता नै अमेरिकाले कर लगाउने घोषणा गरेको थियो। त्यसको प्रतिक्रिया स्वरुप चीनले अमेरिकाबाट आयात हुने ६० अर्ब डलरका सामग्रीमा कर लगाउने बताइसकेको छ। चीनले अमेरिकाले आफूसँग ठूलो व्यापार युद्ध सुरु गरेको बताएको छ।

सोमबार के हुँदैछ?

अमेरिकी कम्पनी जसले चिनियाँ सामग्री आयात गर्छन् उनीहरुमाथि सोमबार देखिनै १० प्रतिशत लेवी लाग्नेछ। चीनबाट आयात हुने ६ हजारभन्दा बढी सामग्रीमा कर लाग्नेछ। जसमा हाते झोला, चामल, लुगा, स्मार्ट वाच, कुर्चीहरु पर्छन्।

सन् २०१९ को सुरुवातसँगै फेरी अमेरिकाले उक्त सामग्रीहरुमा २५ प्रतिशतले कर बढाउने छ। चीनले भने अमेरिकी साना विमानहरु, कम्प्यूटर, लुगाफाटाको आयातमा ५ प्रतिशतले कर बढाउने छ।

यस्तै चीनले केमिकल, मासु, वाइन, तथा गहुका सामग्रीमा १० प्रतिशतले कर बढाउनेछ।

यस वर्ष तीनपटक भन्सार शुल्क बढ्यो

यसपटकको कर वृद्धिसँगै अमेरिकाले चीनमाथि ३ पटक भन्सार शुल्क तथा कर बढाएको छ। गत जुलाइमा ५० अर्ब डलरको सामग्रीमा २५ प्रतिशत कर बढाएको अमेरिकाले गत महिनामात्र चीनका १६ अर्बका सामग्रीमा २५ प्रतिशत कर बढाएको थियो।

अमेरिकाले यसैवर्ष चीनमाथि अर्को चरणको कर वृद्धिगर्ने समेत चेतावनी दिएको छ। चीनले अमेरिकासँगको व्यापार युद्धमा गतिलो प्रतिक्रिया जनाउने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाविरुद्ध अस्वस्थ व्यापार व्यवहार गरेका कारण आफू चीनमाथि कर लगाउन बाध्य भएको बताएका छन्। अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्ती चीनले अवैध रुपमा भित्राएर प्रयोग गरेको अमेरिकी आरोप रहेको छ।

गत महिना चीन र अमेरिकी प्रतिनिधि व्यापार युद्ध टुंगाउने छलफलमा जुटेका थिए। तर त्यो प्रयास असफल भएको थियो। एजेन्सी

 

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 14:35:20
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...