माओवादीका लागि नेपालबाट हतियार किन्न खोजेको भन्दै भारतीय कविलाई मुद्दा



बारबरा राव
बारबरा राव

पक्राउ परेका भारतका मानवअधिकारवादी तथा सुपरिचित कवि बारबरा रावले भारतीय माओवादीका लागि नेपालबाट हतियार किन्न खोजेको आरोप भारत सरकारले लगाएको छ।

पक्राउ परेका पाँच अधिकारकर्मीमध्ये तीन जना भारतमा सशस्त्र विद्रोह गर्दै आएको भाकपा (माओवादी) का सक्रिय सदस्य रहेको दावीसहित कवि रावले नेपालबाट हतियार किन्न खोजेको दावी भारत सरकारले गरेको हो।

सरकारी वकिलले अधिकारकर्मी तथा कवि वरवर रावले नेपाली हतियार व्यापारीबाट हतियार किन्नका लागि वार्ताकारको भूमिका निर्वाह गरेको दावी गरेका छन्।

सरकारी वकिलले अदालतमा बहसको क्रममा ‘रावलाई नेपाल र मणिपुरबाट हतियार किन्ने अधिकार भारतीय माओवादीले दिएको’ बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

पक्राउ परेका वरनान गोजाल्विस, अरुण फरेरा र रावलाई अदालतमा प्रस्तुत गर्दै सरकारी अभियोजकर्ताले प्रहरी हिरासतमा पठाउन माग गरेका थिए।

तर सर्वोच्च अदालतको आदेश बमोजिम ६ सेप्टेम्बरसम्म पक्राउ परेकाहरुलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ।

उनीहरुसँगै गौतम नवलखा र सुधा भारद्वाजपनि पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

सन् १९९१ मा पूर्व प्रधानमन्त्री राजिव गान्धीको जसरी हत्या भएको थियो, पक्राउ परेकाहरु कुनै घटनाको तयारीमा रहेको अभियोजनकर्ता सरकारी पक्षले लगाएको छ।

चुनावी कार्यक्रममा सहभागी हुने क्रममा पूर्व प्रधानमन्त्री गान्धीको श्रीलंकाका सशस्त्र विद्रोही समूह तामिल टाइगर्सको आत्मघाती बम आक्रमणमा परेर मृत्यु भएको थियो।

गोजाल्विस र फरेरालाई मुम्बई र रावलाई हैदराबादबाट मंगलबार (१२ भदौ) पक्राउ गरिएको थियो। नवलखालाई दिल्ली र भारद्वाज फरिदावादस्थित निवासमा नजरबन्दमा राखिएको छ।

पुना (महाराष्ट्र) प्रहरीले पक्राउ परेका व्यक्तिविरुद्ध लगाइएका आरोपबारे आफूसँग पर्याप्त प्रमाण रहेका दावी गरेको छ।

त्यसैगरी प्रहरीले ‘भीमा कारेगाँव’ मा भएको हिँसामा पनि पक्राउ परेका व्यक्तिहरुको भूमिकाको बारेमा समेत छानविन भइरहेको जनाएको छ।

पक्राउ परेकाहरु शहरिया माओवादी भएको दावी प्रहरीको छ।

मानवअधिकारवादीहरुको पक्राउको पक्ष र विपक्षमा सामाजिक सञ्जालमार्फत् विभिन्न टिप्पणीहरु भएका छन्।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि मानव अधिकारवादीहरुको गिरफ्तारीको विरोध गरेका छन्।

प्रकाशित १४ भदौ २०७५, बिहिबार | 2018-08-30 09:36:28
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...