हाकिमको मस्तीका लागि गोरखा पुनर्निर्माणको गोष्ठी पोखरा सारियो




पोखरामा आयोजित गोष्ठी। फोटो सौजन्य : किशोरजङ्ग थापा
पोखरामा आयोजित गोष्ठी। फोटो सौजन्य : किशोरजङ्ग थापा

१२ वैशाख ०७२ को भूकम्प गएको ३४ महिना हुँदासमेत निजी आवास र सामुदायिक तथा सरकारी भवन निर्माणले गति लिएको छैन।

सरकारी तथा गैरसरकारी संघसंस्थाले आवास पुनर्निर्माणलाई भन्दा अन्तरक्रिया, तालीम, गोष्ठीमा बजेट बिनियोजन गर्दै आएका छन्।

भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे समीक्षा गर्न शनिबारदेखि पोखराको बाराही होटलमा दुईदिने प्रगती समीक्षा गरेपछि सरकारी, गैरसरकारी संघसंस्था र पुनर्निर्माण प्राधिकरणप्रति भूकम्प प्रभावितहरु रुष्ट छन्। भूकम्प प्रभावितको नाउँमा आएको बजेट गोष्ठी, तालीममा खर्च गरेकोप्रति भूकम्पपीडित आक्रोशित छन्।

भूकम्पपछिको पुनर्निर्माणबारे भएका प्रगतिबारे सदरमुकामै छलफल गर्न सकिन्थ्यो। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सरकारी कार्यालयका प्रमुखहरु, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखलगायत सरकारी हाकिमहरु र गैससका हाकिम आइतबार पोखरा पुगेका हुन्।

यस्तै सरकारी कार्यालयका हाकिमहरु पोखरा गएपछि सरकारी कार्यालयबाट सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् । प्रजिअ बस्नेत, जिल्ला समन्वय अधिकारी नारायण आचार्य, जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख रत्नप्रसाद लामिछाने, प्राबिधिक कार्यालयका प्रमुख होमनाथ पौडेललगायत कार्यक्रममा सहभागी छन्।

यस्तै अन्तराष्ट्रिय संघसंस्थाहरुलाई समन्वय गर्दै आएका केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकाललगायत गैसस र अन्तराष्ट्रिय गैससका प्रमुख एवं प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा भूकम्प प्रभावित जनताहरुलाई भने सहभागी गराइएको छैन।

कार्यक्रमका एक सहभागी भने, ‘जसको नाउँमा कार्यक्रम भएको छ उनीहरु (भूकम्पपीडित) नै गोष्ठीमा सहभागी छैनन्, त्यसैले यो कार्यक्रम गर्नुको कुनै औचित्य छैन। हाकिमहरुले देश हेर्ने, मुख फेर्ने मात्रै हो ।’ कार्यक्रमको खर्च प्राधिकरण र संघसंस्थाले बेहोरेका छन्।

कार्यशाला गोष्ठीमा सहभागी पुनर्निर्माण प्राधिकरण गोरखाका प्रमुख बेदप्रसाद आचार्यले सबै कार्यालय प्रमुखहरु तथा गैससका प्रमुखहरुको आग्रह तथा सहयोगमा पोखरामा कार्यक्रम सुरु गरिएको हो। यसअघि प्रजिअ उद्धव तिमिल्सीनाको पालामा पनि गोरखा पुनर्निर्माणका लागि बजेट जुटाउने उद्देश्यले पोखरामा गोष्ठी गरिएको थियो। त्यसबेला गरेका प्रतिबद्धताअनुसार संघसंस्थाले पुनर्निर्माणमा बजेट दिएका छैनन्।

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 09:48:32
Max TV
Max TV
Zen Travels
Vianet

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।