क्यालीफोर्नीयामा डरलाग्दो आगलागी, नेपाली सुरक्षित स्थानतर्फ जाँदै

तीस बढीको मृत्यु, संकटकालको घोषणा



 भिषण आगलागीबाट क्षतिग्रस्त क्यालीफोर्नीया
भिषण आगलागीबाट क्षतिग्रस्त क्यालीफोर्नीया
गेटी इमेज

अमेरिकाको उत्तरी क्यालीफोर्नीयास्थित नापा, सोनोमा र यूवा उपत्यका भिषण आगलागीको चपेटामा परेको छ। आइतबारदेखि भएको आगालागीमा परी अहिलेसम्म एकतीस जनाको मृत्यु भएको छ भने चार सयजना भन्दा बढी हराइरहेका छन।

२८ सय घर र व्यापारीक केन्द्रहरु जलेर नष्ट भएको सम्बद्ध अधिकारीहरुले जनाएका छन।

यो क्षेत्र बिश्वकै प्रसिद्ध वाइन उत्पादन केन्द्र मानिन्छ। कम्तीमा पनि ६ वटा वाइनरी आगलागीमा परी ध्वस्त भएको बताइएको छ। त्यस क्षेत्रमा करीब चार सय वाइनरीहरु छन।
अमेरिकाको पश्चिमी तटको प्रमुख शहर सानफ्रान्सिस्कोबाट एक घण्टाको दुरीमा रहेको त्यस क्षेत्र अमेरिकाको एउटा प्रमुख पर्यटकीयस्थल पनि हो।

आगलागी नियन्त्रणका लागि त्यहाँ आठ हजार अग्नी नियन्त्रक, आठ सय बिस वटा दमकल, ७३ वटा हेलीकप्टर र ३० वटा जहाजहरु त्यस क्षेत्रमा परिचालन गरीएको सरकारी अधिकारीहरुले बताएका छन ।
भिषण आगलागी पछि क्यालीफोर्नीयाका गर्भनर जेरी ब्राउनले संकटकालको घोषणा गरेका छन्।

आगालगी प्रभावीत क्षेत्रबाट हजारौं मानीसहरुलाइ सुरक्षीत स्थानमा सारीएको छ। त्यस क्षेत्रमा रहेका कतिपय नेपालीहरु पनि सुरक्षित स्थानतर्फ लागेका छन।

आगलागीको धुँवा र खरानीको असर सानफ्रासिस्कोसम्मपनि परेको छ। सानफ्रान्सिस्को स्थित स्वास्थ्य बिभागका अधिकारीहरुले काम नपरी बाहीर निनिस्कन र सर्तकता अपनाउन चेतावनी दिएका छन।
हावाको गती कम नभएका कारण आगलागी फैलीदै गएको सम्बद्ध अधिकारीहरुले जनाएका छन।

प्रकाशित २७ असोज २०७४, शुक्रबार | 2017-10-13 10:07:32
author photo

सन्जय घिमिरे अमेरिकाको टेक्सासस्थित पत्रकार हुन्

@Sanjaya25110142


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...