हट एण्ड होपमा बेनिसा

फरासिली र फोटोजेनिक बेनिसा कला क्षेत्रमा टिक्न बाहिरी र भित्री सौन्दर्यको उत्तिकै महत्व रहेको बताउँछिन्। शारीरिक मेन्टेनेन्सका लागि खानपिन र सामान्य व्यायाम पनि गर्छिन् उनी। कालो पोथीजस्तो चर्चित र फरक धारको फिल्ममा समेत काम गरिसकेकी उनी आगामी फिल्म 'किङ'मा एक्सन हिरो निखिल उप्रेतीको जोडी बन्दैछिन्।

सुरुसुरुमा ग्लामर क्षेत्रमा आफ्नो नाम अरुसँग जोडिँदा उनलाई निकै दु:ख लाग्थ्यो। अचेल परिपक्व बनिसकेको बताउँदै बोलिन, ‘यस्ता गस्सिप पनि यो क्षेत्रको हिस्सा हो। पचाउने भइसकेकी छु।’

डाक्टरले दिएको गलत औषधिका कारण दृष्टि गुमाएकी सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ बाट उनी धेरै आशावादी छिन्। यसमा उनी अभिनेता नाजिर हुसेनका साथमा देखिने छिन्।

प्रकाशित 2016-12-27 11:09:25