रिसाहा सोनाक्षी




सन् १९८७ जून २ मा जन्मिएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी छन्। कुनै बेलाका चर्चित अभिनेता तथा हाल भारतीय जनता पार्टीका नेता शत्रुधन सिन्हाकी छोरी हुन्।

सन् २०१० मा आएको सुपरहिट फिल्म दबंग बाट फिल्मी करिअरमा पाइला राखेकी सोनाक्षी आम दर्शकका आँखामा सोझी देखिन्छिन्। तर, सोनाक्षी हेर्दा जति सोझी र शालीन देखिन्छिन्, त्यत्तिकै रिसाहा पनि छिन्। उनलाई सितिमिति रिस नउठ्ने उठेपछि थाम्नै नसक्ने आफैंले सुलासा गरेकी छन्।

थाम्नै नसक्ने गरी उनलाई रिस उठाउने खास विषय हो, अरूलाई बेइज्जत गर्ने प्रवृत्ति। ‘जब मलाई रिस उठ्छ, कसैको कुरा सुन्न सक्दिनँ। रिसाएपछि आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ’, उनले भनेकी छन्। सोनाक्षीका अनुसार, उनको जीवनमा धेरै त्यस्ता मानिस भेटेकी छन्, उनीहरू सानो कुरालाई लिएर अर्काको बेइज्जत गर्न खोज्छन्। ‘यदि कोही प्रभावशाली व्यक्ति हो भने यस्तो गलत व्यवहार किन गर्ने?’ उनले प्रश्न गरेकी छन्।

फिल्म लुटेराको छायांकनका क्रममा सोनाक्षी सह-अभिनेता रणवीर सिंहसँग निकै रिसाएकी थिइन्। उनले रणवीरका कारण सुटिङ सेट नै छाडेकी थिइन्। सुटिङ सेट छाड्नुको कारण थियो, रणवीरले गरेको सानो गल्ती। सुटिङको क्रममा एउटा सिनमा रणवीरले सोनाक्षीलाई समातेर संवाद बोल्नुपर्ने थियो।

आफ्नो चरित्रमा डुबेका रणवीर संवाद भन्दै थिए, तर बोलिरहँदा मुखबाट थुकका छिटा उछिट्याइरहे। यसबारे रणवीरलाई पटकपटक सम्झाइरहेकी सोनाक्षी अन्तत: रिसको पारो छुटेपछि सुटिङ सेट नै छाडेर हिँडेकी थिइन्। यसपछि रोकिएको सुटिङलाई निरन्तरता दिन रणवीरले माफी माग्दै सोनाक्षीलाई सेटमा ल्याउन निकै मिहिनेत गर्नुपरेको थियो।

  • एजेन्सी
प्रकाशित २६ असार २०७५, मंगलबार | 2018-07-10 20:06:29
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
  • 'वर्ल्डकप गर्ल' भिक्टोरिया

    रसियामा भइरहेको फिफा विश्वकप २०१८ की ब्रान्ड एम्बेसडर भिक्टोरिया लोप्यारेभा पछिल्लो समय चर्चाको शिखरमा छिन्।

  • शौखिन सोनम

    बलिउड सिने जगतमा अभिनेत्री सोनम कपूरलाई फेसनबल अभिनेत्रीका रुपमा चिनिन्छ।

  • तेरियाका टेन लुक्स

    रुपन्देहीकी १५ वर्षिया तेरिया मगर कुशल नृत्यांगना हुन्। विदेशी भूमिमा नेपालको नाम चम्काउन सफल चेली हुन्।

  • सन्की अनुष्का

    बलिउडकी चर्चित अभिनेत्री मध्य अभिनेत्री अनुष्का शर्माको नाम पनि अग्रस्थानमा पर्छ। १९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा आजदेखि ३०...

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।