नेपाली ‘सन्नी लियोनी’

यी हुन् अदिति बुढाथोकी। नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना अहिले पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिँदैछ।

भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढ्दैछिन्।

भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा चर्चित बनेकी अदिति अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै नेपालमा अभिनेत्रीका रुपमा उदाउँदैछिन्।

झापा दमककी अदिति भारतमा म्यूजिक भिडियो र मोडलिङबाट विस्तारै चर्चामा आउँदै थिइन। ‘कृ’ मा अनमोल केसीसँगको अभिनयबाट फिल्ममा उदाउन थालेकी अदिति सन्नी लियोनीसँग मिडियाले गरेको तुलनाले बढी चर्चामा आएकी छिन्।

तीन लाख बढी इन्स्टाग्राम फलोअर्स भएकी अदितिको फिगरमा त्यस्तो के छ, जसले गर्दा उनलाई सन्नीसँग तुलना गरियो? हेरौं केही तस्बिरः

प्रकाशित 2017-11-16 20:24:32