गोल्डेन ग्लोबमा ‘ला ला ल्यान्ड’ले मार्‍यो बाजी


 उत्कृष्ट अभिनेता र अभिनेतृ घोषित भएका 'ला ला ल्यान्ड' का रायन गोस्लिङ र एम्मा स्टोन
उत्कृष्ट अभिनेता र अभिनेतृ घोषित भएका 'ला ला ल्यान्ड' का रायन गोस्लिङ र एम्मा स्टोन

ड्रामातर्फ ‘मुनलाइट’ नामक फिल्म ७४ औँ गोल्डेन ग्लोब अवार्डको उत्कृष्ट फिल्म घोषित भएको छ भने उत्कृष्ट म्युजिकल वा कमेडीतर्फको उत्कृष्ट फिल्म ‘ला ला ल्यान्ड’ बन्नुका साथै जम्मा ७ विधामा उत्कृष्ट ठहरिएको छ।

‘एली’बाट इजाबेल्ले हपर्टले ड्रामातर्फको उत्कृष्ट अभिनेतृको पुरस्कार हात पारेकी छिन् भने ‘म्यान्चेस्टर बाइ द सी’ मा निभाएको भूमिकाका लागि केसी एफ्लेक उत्कृष्ट अभिनेता बनेका छन्।

उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि 'म्यानचेस्टर बाइ द सी' का अभिनेता केसी एफ्लेक

उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि 'म्यानचेस्टर बाइ द सी' का अभिनेता केसी एफ्लेक

त्यस्तै म्युजिकल वा कमेडीतर्फको उत्कृष्ट अभिनेता ‘ला ला ल्यान्ड’ का लागि रायन गोस्लिङ बने भने उत्कृष्ट अभिनेतृतर्फको उपाधि पनि सोही फिल्मबाट एम्मा स्टोनले जितेकी छिन्।

त्यस्तै उत्कृष्ट सहअभिनेता ‘नक्चर्नल एनिमल्स’का लागि आरोन टेलर जोनसन र उत्कृष्ट सहअभिनेतृ ‘फेन्सेज’ बाट भायोला डेभिस बन्न सफल भएका छन्। उत्कृष्ट एनिमेटेड फिल्म ‘जुटोपिया’ बनेको छ भने उत्कृष्ट निर्देशक ‘ला ला ल्यान्ड’ कै निर्देशक डेमियन च्याजल बनेका छन्।

जोन ट्राभोल्टा र सारा पल्सन

जोन ट्राभोल्टा र सारा पल्सन

उत्कृष्ट गीत र संगीत पनि ‘ला ला ल्यान्ड’बाटै घोषित भएको छ। उत्कृष्ट विदेशी भाषाको फिल्म फ्रान्सको ‘एली’ बनेको छ।

चुम्बन साट्दै सारा पल्सन र अमान्डा पिट

चुम्बन साट्दै सारा पल्सन र अमान्डा पिट

टेलिभिजनमा ड्रामा तर्फ उत्कृष्ट सिरिज ‘द क्राउन’, उत्कृष्ट अभिनेता ‘गोलियाथ’का लागि बिलि बब थोर्टन, उत्कृष्ट अभिनेतृ ‘द क्राउन’ की क्लेयर फोय र कमेडी तथा म्युजिकलतर्फ उत्कृष्ट सिरिज ‘एटलान्टा’, उत्कृष्ट अभिनेता ‘एटलान्टा’ बाटै डोनाल्ड ग्रोभर, उत्कृष्ट अभिनेतृ ‘ब्ल्याकिस’बाट ट्रासी एलिस रोस बन्न सफल भएका छन्।

अभिनेतृ निकोल किडम्यान

अभिनेतृ निकोल किडम्यान

त्यस्तै लिमिटेड सिरिजतर्फ उत्कृष्ट सिरिज ‘द पिपल भर्सेज ओ जे सिम्पसनः अमेरिकन क्राइम स्टोरी, उत्कृष्ट अभिनेता ‘द नाइट म्यानेजर’ बाट टम हिडल्स्टन, ‘द नाइट म्यानेजर’बाटै ओलिभिया कोलम्यान, उत्कृष्ट सहअभिनेता ‘द नाइट म्यानेजर’ बाटै ह्युज लाउरी, उत्कृष्ट अभिनेतृ ‘द पिपल भर्सेज ओ जे सिम्पसन’ बाट सारा पल्सनले जित्न सफल भए।

'मुनलाइट' फिल्मको टोली

'मुनलाइट' फिल्मको टोली

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ जितेकी मेरिल स्ट्रिपले भावुक मन्तव्य दिँदै निर्वाचित अमेरिकी राष्ट्रपति डा्ेनाल्ड ट्रम्पको आलोचना गरेकी थिइन्। अवार्ड समारोहमा सहभागी थुप्रैले ट्रम्पबारे मजाक गरेका थिए।

मन्तव्य दिँदै मेरिल स्ट्रिप, पछाडि भायोला डेविस

मन्तव्य दिँदै मेरिल स्ट्रिप, पछाडि भायोला डेविस

प्रियंका चोपडा र सोफिया भर्गारा

प्रियंका चोपडा र सोफिया भर्गारा

'लायन' फिल्मका कलाकार देव पटेल र सन्नी पवार। पवारलाई समारोहमा सबैले प्रशंसा गरेका थिए

'लायन' फिल्मका कलाकार देव पटेल र सन्नी पवार। पवारलाई समारोहमा सबैले प्रशंसा गरेका थिए

एजेन्सी

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 16:57:33

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...