लघु चलचित्र प्रतियोगितामा कृष्णकुमारको ‘अप्पन’ प्रथम




प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘लघु चलचित्र प्रतियोगिता–२०७५’ का उत्कृष्ट लघु चलचित्र तथा ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कृत गरेका छन्।

प्रधानसेनापति थापाले जंगी अड्डामा मंगलबार आयोजित कार्यक्रममा ‘लघु चलचित्र प्रतियोगिता–२०७५’मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पन’लाई दुई लाख, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’लाई एक लाख ५० हजार र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई एक लाख नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे।

नेपाली सेनाद्वारा आयोजित साे प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहस’ले सान्त्वना पुरस्कार स्वरुप जनही रु२५ हजार का दरले नगद तथा प्रमाण पत्र प्राप्त गरे।

साथै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईबाट उक्त प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही २५ हजारका साथै प्रमाण पत्र प्रदान गरेका थिए। कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति श्री थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मूलक मोबाईल एप्सको समेत शुभारम्भ गरेका थिए।

सोही अवसरमा बलाधिकृत रथी शरद कुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने ६ वटा रेडियो तथा एफएम स्टेशनहरुलाई कदर पत्र प्रदान गर्नुको साथै नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक–२०७५’ तथा ‘द शिवपुरी जर्नल–२०१९’ मा प्रकाशित लेख रचनाहरु मध्ये ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार जनही १० हजार प्रदान गरेका थिए।

यस्तै, प्रधानसेनापति थापाले ‘सिपाही वार्षिक–२०७५’ तथा ‘द शिवपुरी जर्नल–२०१९’मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः रु।५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रमको दौरानमा प्रधानसेनापति श्री थापाले ‘नेपाली सेना सम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा प्रथम हुने टुमु कोतखाना डिपो, द्धितिय हुने श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र तृतिया हुने श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत लघु चलचित्रका मुल्याङ्कन समिति, स्क्रिप्ट राईटर मुल्याङ्कन, सैनिक तथा गैर सैनिक तर्फका निर्णायक मण्डल र सिपाही वार्षिक तथा शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाहरुको मुल्याङ्कन कर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए।

 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 21:10:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...