ज्योतिष महिलामाथि यौन शोषण र ब्ल्याकमेल गर्ने भारतीय अभिनेता हिरासतमा




भारतीय टेलिसिरियलका अभिनेता करण ओवराय १४ दिनका लागि न्यायिक हिरासतमा पुगेका छन्।

मुम्बइको एक अदालतले अभिनेता तथा गायक ओवरायलाई एक महिलामाथि यौन शोषण र ब्ल्याकमेल गरेको भन्दै १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो।

पेशाले ज्योतिष रहेकी ती महिलाले आइतबार उनीविरुद्ध सो मुद्दा दर्ता गरेकी थिइन्। उनले करणले विवाहको झुटो नाटक गरेर आफूलाई शोषण गर्नुका साथै ब्ल्याकमेल गरेको आरोप लगाएकी छन्। करणलाई प्रहरीले ६ मे मा गिरफ्तार गरेको थियो।

अदालतले उनलाई बुधबारसम्म प्रहरी हिरासतमानै राख्न आदेश दिएको थियो। प्रहरीले बिहीबार उनलाई अदालतमा पेस गरेको थियो। सोही दिन अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो। करणका वकिलले शुक्रबार उनलाई जनमतमा छुटाउनका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन्।

मसहलाले उजुरीमा करणले आफूसँग विवाह गर्ने बताएर यौन शोषण गरेको र सो को भिडियो बनाइ सार्वजनिक गर्ने धम्की दिएर पैसा माग्ने गरेको उल्लेख गरेकी छन्।

३४ वर्षीया ती महिलाको डेटिङ एपमार्फत सन् २०१६ मा करणसँग भेट भएको थियो। ती महिलाले त्यसको एक वर्षपछि नरिवल पानीमा लठ्याउने औषधि मिलाएर यौन शोषण सूरु गरेको बताएकी छन्।

२५ वर्षीय करण मोडल, गायक तथा अभिनेता हुन्। उनले ‘स्वाभिमान’, ‘जस्सी जैसी कोइ नही है’, ‘साया’ लगायतका सिरियलमा अभिनय गरेका छन्। उनी 'ए ब्यान्ड अफ ब्वाइज'का गायक समेत हुन्।

प्रकाशित २७ बैशाख २०७६, शुक्रबार | 2019-05-10 16:00:14
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...