‘पसिना’ का कलाकार सम्मानित




शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले कलाकारहरुलाई सम्मान गरेको छ।

पूर्व मन्त्री तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न एक कार्यक्रममा चलचित्रका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा कलाकारलाई सम्मान गर्दै पूर्व मन्त्री घलेले अहिले नेपाललाइ इमान्दार, सत्कर्म गर्ने र पसिना बगाउने व्यक्तिको आबस्यकता रहेको बताइन्।

सम्मानित हुनेमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, रबि गिरि, गौरब पहाडी, सुरजनी केसी, छायाँकार राम कुमार केसी, नृत्य निर्देशक शिब बिक, शारदा प्रसाद धिताल, राम काजी बस्न्यात, समिता केसी, अनिता केसी, सचिन रौनियार, संगीता शाह, सहिम शाह, गीता देवी मैनाली, संगीता धमला, मीना शर्मा, दिपक डोटेल, सोनि अधिकारी, दीपशिखा शर्मा, सावित्री भुजेल, मोहन देव बिस्ट, सीमा राइ, राजेन्द्र कपाली, मान बहादुर तामाङ लगाएत छन्।

सम्मानित ब्यक्तित्व एवम् चलचित्रका प्रमुख कलाकार सरोज खनालले समाजमा नकारात्मक कुराहरुले बढी स्थान पाई रहेको अवस्थामा सकारात्मक सन्देश दिने यस्ता चलचित्रहरु निर्माण हुनु अत्यन्तै आवश्यक रहेको बताए।

निर्देशक आरबी शरदले चलचित्रका बारेमा प्रष्ट पार्दै चलचित्रले ‘गरौँ सत्कर्म बगाउँ पसिना’ भन्ने मूल नारा बोकेको बताए। उनले चलचित्रले काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाईएको जानकारी दिए।

राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र धिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ। चलचित्रको कथा पनि निर्देशक आर बि खत्री ‘शरद’ ले नै लेखेका हुन्।

 

प्रकाशित २६ बैशाख २०७६, बिहिबार | 2019-05-09 15:00:43
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...