चीनमा चाँडै नेपाली फिल्म प्रदर्शन गर्दैछौं: दीपक सरकार (अन्तर्वार्ता)




दीपक सरकार
दीपक सरकार

वर्ल्ड कल्चरल नेट नेपालले ३ दशकदेखि नेपाल र चीनबीच सांस्कृतिक र जनस्तरको सम्बन्ध अभिवृद्धि गर्न गतिबिधि गर्दै आइरहेको छ। संस्थाको अगुवाइमा प्रत्येक २ वर्षमा चीन महोत्सव, हरेक वर्ष फिल्म महोत्सव, नेपालको कला–संस्कृति चिनाउने गतिविधि, व्यापारी, विद्यार्थी र युवा आदानप्रदान हुँदै आइरहेको छ। यो संस्थाले पछिल्लो समय नेपाली फिल्मलाई चीनमा र चिनियाँ फिल्मलाई नेपालमा स्थानीय भाषामै प्रदर्शन गर्न गृहकार्य गरिरहेको छ। यसै विषयमा केन्द्रित रहेर संस्थाका अध्यक्ष दीपक सरकारसँग नेपालखबरका कृष्ण आचार्यले गरेको वार्ताः

नेपाली फिल्मलाई चिनियाँ बजारसम्म पुर्‍याउन के गर्दै हुनुहुन्छ ?
हामीले प्रत्येक वर्ष गर्ने चीन महोत्सवमा नेपाली माझ चिनियाँ फिल्म चिनाउने काम गर्‍यौँ। अब नेपाली फिल्म चिनियाँ बजारमा पुर्‍याउनुपर्छ भन्ने उद्देश्यले काम गरिरहेका छौँ। यसका लागि चीनका विभिन्न भूभाग, त्यहाँका सरोकारवाला संस्था, फिल्मकर्मीसँग कुराकानी गरिरहेका छौँ। मलाई लाग्छ यसै वर्ष केही उपलब्धि हाँसिल हुनेछ।

कस्तो उपलब्धि भन्न खोज्नुभएको हो? ठ्याक्कै भनिदिनुस् न ?
चिनियाँ फिल्मलाई नेपाली भाषामा र नेपाली फिल्मलाई चिनियाँ भाषामा डबिङ गर्ने हाम्रो योजना छ। ती फिल्मलाई समानान्तररुपमा नेपाल र चीनको बजारमा प्रदर्शन गर्ने छौँ।

चीनमा नेपाली फिल्मको बजारबारे पनि पक्कै अध्ययन गर्नुभयो होला। स्थिति कस्तो रहेछ?
उनीहरुको लागि नेपाली फिल्म भनेको एउटा फरक र नयाँ स्वाद हो। पछिल्लो समय बलिउड फिल्मले जुन रुपमा चीनमा बजार लिइरहेको छ, त्यसलाई हेर्दा हामी पनि कुनै न कुनै रुपमा सफल हुन्छौँ भन्ने लाग्छ।

हालसम्म कुनै नेपाली फिल्म चीनमा प्रदर्शनमा आएको छ?
धेरै वर्ष पहिले नेपाली फिल्म ‘सिन्दुर’ चिनियाँ भाषामा 'सब टाइटल' राखेर प्रदर्शन भएको थियो। त्यसपछि कुनै पनि नेपाली फिल्म व्यापारिक रुपमा प्रदर्शन भएको छैन। अब हामी प्रयास गर्दैछौँ।

सिन्दुर त सन् १९८० मा बनेको फिल्म हो। त्यति बेला कसरी त्यो चीनमा प्रदर्शन भएछ, अनि के प्रतिक्रिया पाएको रहेछ?
मेरो जानकारीमा भएअनुसार ‘सिन्दुर’ चीनको राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण भएको थियो। त्यो फिल्म धेरै चिनियाँले मन पराएका थिए। लवाईखवाई, सामाजिक–सांस्कृतिक भिन्नता, गीतहरुमा मीठास आदि कुराले उनीहरुलाई तानेको थियो। त्यतिबेला ‘सिन्दुर’ले चिनियाँको नेपाली फिल्मप्रतिको रुचि बढाएकोजस्तो बुझेको छु।

भिडियाे

सकारात्मक प्रतिक्रिया पायो त भन्नुभयो तर राम्रो प्रतिक्रिया पाउँदा–पाउँदै फेरि अर्को नेपाली फिल्म चीन त गएन नि?
साथीहरुले प्रयास धेरै गर्नुभएको छ। चीनको आफ्नै नीति–नियम र प्रक्रिया छ। ती कतिपय विषय झन्झटिला पनि छन्। त्यही कारण हुनसक्छ।

अब कस्ता नेपाली फिल्ममा चिनियाँ रुची हुनसक्छ होला त ?
ठ्याक्कै यस्तै रुचाउँछन् भन्नलाई पहिले फिल्म प्रदर्शनमा आउनुपर्छ, त्यसपछि मूल्यांकन गर्ने हो। मेरो विचारमा सरल कथामा बनेका र हाँस्य फिल्मले उनीहरुको मन जित्न सक्ला कि भन्ने छ।

बलिउड फिल्मले चीनको बक्स अफिसमा एकपछि अर्को गर्दै रेकर्ड राखिरहेका छन्। बलिउडसँग हाम्रो प्रतिस्पर्धा सहज होला त ?
बलिउड मात्र नभएर दक्षिण एसियाली फिल्महरु लगानी र उत्पादनको हिसाबले प्राविधिक रुपमा अब्बल छन्। यस्तो अवस्थामा हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि नेपालीपन झल्कने फिल्महरु त्यहाँ पुर्याउनुपर्छ। जुन फिल्म उनीहरुका लागि फरक स्वादका होउन्। राम्रा कथा, रमाइला पृष्ठभूमिमा बनेका नेपाली फिल्मले राम्रो गर्नेछन् भन्ने हाम्रो आशा छ।

बलिउड फिल्म दंगलले चीनमा १ हजार २२० करोड कमाइ गरेको थियो। सिक्रेट सुपरस्टारले ७३६ करोड र प्रदर्शनमा रहेको अन्धाधुनले ५०० करोडको आँकडा भेट्दैछ। चीनमा बलिउड फिल्महरु किन हिट भएका होलान्?
फरक स्वाद नै कारण हो। दक्षिण एसियाली देशका मानिसको जीवनशैली चिनियाँभन्दा फरक छ। त्यसैले पनि उनीहरु यस्ता फिल्ममा बढी रुची दिइरहेका छन्। हेर्नुस् न हिट भएका सबै फिल्महरु धेरै हाईफाई भन्दा पनि राम्रो कथावस्तुमा बनेका छन्। नयाँ स्वाद पाएकैले हिट भका हुन् जस्तो लाग्छ।

अहिलेसम्मको तपाइँको अनुभव, अध्ययनले चीनको कुन–कुन ठाउँमा नेपाली फिल्मले राम्रो बजार लिन्छन्जस्तो लाग्छ?
त्यसरी यही ठाउँ भनेर भन्न त गाह्रो छ तर भोलि त्यहाँको वितरकले के–कसरी नेपाली फिल्मलाई हलहरुमा फैलाउने काम गर्छ त्यसअनुसार विस्तारै थाहा हुनेछ। अहिलेलाई ठ्याक्कै यही भनेर भन्न सकिन्न।

चीनमा नेपाली फिल्म लैजाने तपाइँहरुको प्रक्रिया के हुन्छ, मोडालिटी के हुन्छ? व्यवसायिक रुपमा वा सांस्कृतिक आदानप्रदानको हिसाबले ?
यसमा हामी दुवै बाटोबाट लान गृहकार्य गरिरहेका छौं। औपचारिक रुपमा बाटो बनाउने काम त सांस्कृतिक आदान–प्रदानको रुपमा नै हो। जस्तो कि नेपालमा हुने चीन फिल्म महोत्सवमा यस वर्ष नेपाली भाषामा डबिङ भएका चिनियाँ फिल्म देखाउने तयारी छ। यो एउटा सुरुवात हो। यसैगरी चीनमा पनि यस्तै महोत्सव आयोजना हुन्छ। र त्यहाँ देखाइएको नेपाली फिल्मलाई व्यवसायिक बाटोमा लाने काम हुन्छ।

यसका लागि कति समय लाग्छ अब ?
२०१९ भित्र नै गर्नेगरी हाम्रो तयारी भइरहेको छ। धेरै समय लाग्दैन।

केही समयअघि बेइजिङमा चिनियाँ संस्कृतिमन्त्री लुओ सुगाङलाई पनि भेट्नुभएको थियो। के कुराकानी भयो?
उहाँ केही समयअघि नेपालमा भएको ‘सातौँ चीन महोत्सव’मा पनि सहभागी हुन आउनुभएको थियो। यस हिसाबले पनि दुई देशबीच सांस्कृतिक आदान–प्रदान गर्ने कुरामा उहाँ निकै सकारात्मक हुनुहुन्छ। भर्खरै पनि मैले बेइजिङमा उहाँलाई भेटेँ। सो भेटमा पनि उहाँले सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन चीन सरकार तयार छ भन्नुभएको छ। उहाँको सकारात्मक प्रतिक्रियाले हामी अझ बढी हौसिएका छौँ।

फिल्म डबिङ गर्ने कुरा गर्नुभयो यो कतिको सहज होला?
हामी नेपाली भाषा जानेका चिनियाँ र चिनियाँ भाषा जानेका नेपालीको एउटा टोली बनाउँदै छौँ। त्यसपछि डबिङ गरेरै भाषा परिवर्तन गछौँ।

चिनियाँ फिल्मलाई नेपालमा कसरी प्रदर्शन गर्ने सोच्नुभएको छ ?
हामीले यसअघि महोत्सवको रुपमा चिनियाँ फिल्म प्रदर्शन गरेका छौँ। अब व्यवसायिक रुपमा पनि अघि बढ्नुपर्छ भनेर काम गरिरहेका छौँ। काठमाडौंबाहिर पनि कसरी लान सकिन्छ भन्ने विषयमा छलफलमा छौँ ।

तपाईंको अनुभवमा नेपाली दर्शकले कस्ता खाले चिनियाँ फिल्म रुचाउलान्?
यहाँ एकखाले कलात्मक फिल्म मन पराउने दर्शकहरु हुनुहुन्छ भने अर्कोखाले मार्सल आर्ट, कम्फूसँग सम्बन्धित फिल्म मन पराउनेहरु पनि हुनुहुन्छ। अभिनयले प्रभावित पार्ने फिल्म खोज्ने क्रममा हामीले नेपालमा भएको चीन महोत्सवमा ‘रकिङ टू स्कुल’ नामक फिल्म देखाएका थियौँ। यो फिल्म हेर्ने सबै नेपाली दर्शक निकै भावबिहल हुनुभएको थियो। उहाँहरुको अरु पनि यस्तै खाले चिनियाँ फिल्म हेर्ने इच्छा तीव्र रहेको मैले पाएको छु।

बलिउड फिल्मले चीनमा करोडौँ कमाइरहेका बेला नेपाली फिल्मलाई भने सांस्कृतिक आदानप्रदानमा मात्र सीमित राख्ने कि आर्थिक पाटो पनि हेर्ने ?
पहिलो कुरा त के बुझ्न जरुरी छ भने नेपाली फिल्म चीनमा जाँदा व्यवसायिक रुपमा गयो भने पनि त्यसले गर्ने भनेको सांस्कृतिक आदानप्रदान नै हो। भारतबाट बलिउड फिल्म पनि यही फ्रेममा त्यहाँ गएको हो। हाम्रोभन्दा चीनमा फिल्मको बजार निकै बलियो छ। त्यसैले चिनियाँ फिल्म नेपालमा आउँदा उनीहरुलाई खासै फाइदा नहोला तर हामीलाई निकै फाइदा हुने सम्भावना छ। नेपाली फिल्मले चीनमा बजार पाउनु भनेको आर्थिक रुपमा पनि फाइदा हुनु हो ।

चीनमा प्रदर्शन गर्ने खालका स्तरीय नेपाली फिल्म बनेका छन् त?
हामी केही फिल्ममा अध्ययन गरिरहेका छौँ (नाम अहिले नभानौँ) । यी फिल्ममा हामीले चिनियाँ पक्षको प्रतिक्रिया पनि मागिरहेका छौँ । उहाँहरुले अहिले हामीले पठाएका ६ वटा नेपाली फिल्मलाई ट्रेलरको रुपमा हेरिरहनुभएको छ। त्यसमध्ये एउटा फिल्म छानेपछि हामी त्यसलाई चिनियाँ भाषामा डबिङ गछौँ र प्रदर्शनमा ल्याउँछौँ ।

चीनको कनेक्टिभिटीको महत्वकांक्षी अवधारणा ‘बेल्ड एन्ड रोड इनिसिएटिभ’मा नेपाल पनि छ। र त्यो परियोजनाको एउटा विषय सांस्कृतिक कनेक्टिभिटी छ। के यसले फिल्म प्रदर्शनमा सघाउला?
जनस्तरको कनेक्टिभिटीको मुख्य खम्बा भनेको सांस्कृतिक आदानप्रदान नै हो। बीआरआई चिनियाँ राष्ट्रपति सी चिङ फिङको एउटा बहुमहत्वकांक्षी अवधारणा हो। औपचारिक वा अनौपचारिक रुपमा विश्वकै थुप्रै देशहरु यो अवधारणामा गाँसिइसकेका छन्। नेपालमा पनि यसमा छ। यसको अभिन्न अंगको रुपमा फिल्मलाई लिन सकिन्छ। निश्चय पनि यो फ्रेमवर्कभित्रबाट हामीले दुई देशबीच सांस्कृतिक आदान–प्रदान गर्न सक्छौं भन्ने नै हो।

प्रकाशित १९ बैशाख २०७६, बिहिबार | 2019-05-02 10:42:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...