इण्डोनेशियामा नेपाली कलाको प्रशंसा




इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन्।

उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भैरहेका छन्। साथमा उनीहरु आफुसँग लिएर गएका सहित १७ जना नेपाली कलाकार र तीन जना इण्डोनेशियन कलाकारहरु गरी कुल २१ जना कलाकारहरुको तीन दर्जनभन्दा बढी कला सिर्जनाहरुको प्रदर्शनी भैरहेको छ।

काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरी तथा इण्डोनेशियाको विना ग्यालरीको संयुक्त आयोजनामा नेपाल तथा इण्डोनेशियाका कलाकारहरुको संयुक्त चित्रकला प्रदर्शनी भैरहेको हो।

‘टुगेदर’ शिर्षकमा सञ्चालन भैरहेको उक्त चित्रकला प्रदर्शनीमा प्रत्यक्ष सहभागी नेपालका कलाकारहरु मध्ये कलाकार श्यामसुन्दर यादवले पाँच थान आधुनिक मिथिला कला प्रदर्शन गरेका छन् भने कलाकार विभुषण ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति प्रदर्शन गरिरहेका छन्।

यसैगरी कलाकार जया शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्र प्रदर्शनीमा राखेकी छिन् । कलाकार अनिता भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रतिबिम्बित गरेकी छिन्।

यसबाहेक कलाकार प्रकाश मानन्धरको भक्तपुर दरबार, कान्छाकाजी भसिमाको बौद्ध भिक्षुको चित्रले प्रदर्शनी अवलोकन गर्न पुगेकाहरुबाट प्रशंसा बटुलिरहेको छ।

राकेश श्रेष्ठको कम्पोजिशन, प्रितम थापाको सगरमाथा, मञ्जु खड्काको तासको पत्तामा नारी बेदना, ज्योति खड्काको नारी सौन्दर्य, रसना बज्राचार्यको बाल मुहार, सुन्दर श्रेष्ठको गणेशलाई पौवामा उतार्नुअघि कोरिएको रेखा चित्र, विपना महर्जनको बुद्ध प्रिन्ट कला, किशोर नकर्मीको आधुनिक शैलीको बुद्ध, रेणु यादवको लोक मिथिला, रोशन प्रधानको टुँडालमा मानव आकृति, कविता प्रधानको छ्वाली कलाले पनि स्थानिय कला पारखीहरुको मन जितिरहेको छ।

स्थानीय कलाकारहरुमा एन्टोनियस खोले इण्डोनेशियाको आदिवासी कला प्रदर्शन गरेका छन् भने केतुत जया र मेद सोमादिताले इण्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका छन्।

नेपालमा लोक, परम्परागत र आधुनिक कलाले अहिले स्थान एवं चर्चा पाइरहेको बताउँदै आयोजक यादवले ती तीनै किसिमको कलालाई उबुदको आरमामा प्रदर्शन गरिएको बताए। मिथिला, पौवा जस्ता परम्परागत र लोक एवं डिजिटल र क्रियटिभ आर्ट जस्ता आधुनिक कलालाई प्रदर्शनीमा राखिएको उनले बताए।

केही समययता मिथिला येँ ग्यालरी देश–विदेशका कलाकारहरुलाई एकत्रित गरी देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शनी एवं कला कार्यशालाको आयोजना गरिरहेकोछ। मिथिला येँले भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा केही समयअघि नेपाल, भारत, बंगालादेश, फ्रान्स, मेक्सिको, श्रीलंकालगायतका देशका कलाकारहरुसंग कार्यशाला एवं कला प्रदर्शनीको संयुक्त आयोजना गरेको थियो भने हालै सिरहाको सुखीपुरमा नेपाललगायत मलेशिया, जापान र थाइल्याण्डका कलाकारहरुलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरेको थियो।

यसरी स्वदेशी र विदेशी कलाकारहरुबीच सामञ्जस्य गरी कला कार्यशाला र प्रदर्शनी गर्दा नेपाली कला र कलाकारलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने मिथिला येँका सञ्चालक यादव बताउँछन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 17:42:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।