सरस्वती प्रतीक्षाको ‘नथिया’माथि अदालतको यस्तो निर्णय




सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ।

उपन्यास र फिल्मले वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै यस समुदायका केही ब्यक्तिले गत वर्षको भदौ ३० मा सर्वोच्चमा मुद्धा हालेका थिए।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले जारी गरेको आदेशको बुँदा–३३ मा भनिएको छ, ‘साहित्य सर्जकले प्रयोग गरेको शब्द, भाषा र शैलीलाई खास सामाजिक सन्दर्भमा हेरी मुल्यांकन गरिनु पर्दछ। त्यसैले अन्यथा खराब मनसाय नभएको अवस्था र प्रचलित कानुनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उत्तरदायी ठहराउनु उचित र विकेकपूर्ण ठानिदैन।’

यो बुँदालाई लिएर ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाले आफ्नो जित भएको बताएकी छन्। सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘लेखकीय स्वतन्त्रताको सम्मान गर्दै अदालतको जुन फैसला आएको छ, त्यसका लागि सम्म्माननीय सर्वोच्च अदालतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

त्यस्तै, बुँदा–३५ मा भनिएको छ, ‘ऐलानी तथा नथियाको अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्ति, वर्ग वा समुदायको भावनामा आघात नपुग्नेतर्फ विपक्षीहरू लेखक/लेखिका तथा प्रकाशकहरूको समुचित ध्यानाकर्षण हुने कुरामा यो इजलास विश्वास व्यक्त गर्दछ।’

यस बुँदालाई आधार मानेर वादी समुदायले पनि न्याय महसुस गरेका छन्। वादी समुदायको तर्फबाट अगुवाहरू मीना नेपाली, केशव वादी, गोपाल वादी, रञ्जिता नेपाली र निर्मल वादीले मुद्धा दायर गरेका थिए।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 15:03:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।