नयाँ वर्षको अवसर पारेर ‘पसिना’ को पोस्टर सार्वजनिक



Kshamadevi Group


चलचित्र ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्रको तीन पोस्टर सार्बजनिक गरिएको हो।

केही दिनअघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो। मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार गौरव पहाडी,अनु शाह, सरोज खनाललाई मुख्य स्थान दिइएको छ।

आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव, अनु, सरोजका साथमा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज रार्इको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ।

‘गरौ सत्कर्म, बगाउm पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ। पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए।

आरबी खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन्। बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता सञ्जय महतो हुन्। चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ।

प्रकाशित १ बैशाख २०७६, आइतबार | 2019-04-14 12:16:32
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...