साहित्यकार गिरीलाई १ लाखको अन्तर्राष्ट्रिय पुरस्कार



Kshamadevi Group


साहित्यकार गोविन्द गिरीलाई ‘नई गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।

 विगत १४ वर्षदेखि अमेरिका बस्दै आएका गिरीलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो।

हालसम्म उनका विभिन्न विधामा २४ वटा कृतिह प्रकाशित छन्। सम्पादन र अनुवादसहित उनका ३४ कृतिहरु प्रकाशित भइसकेका छन्।

स्रष्टा इन्दिरा प्रसाईका बुबा स्वर्गीय गणेशप्रसाद शर्मा र आमा दुर्गादेवी नेपालको नाममा १ लाख रुपैयाँ राशिको यो पुरस्कार नेपाली भाषासाहित्यमा योगदान पुर्याउने नेपाली वा नेपाली मूलका विदेशी स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ।

त्यस्तै, २ लाख राशिको ‘नइ देरूनिख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किराँत र ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई गरिने भएको छ। यो पुरस्कार नेपाली–गोर्खाली मुलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।

पुरस्कार आगामी वैशाख २८ गते काठमाडौंमा प्रदान गरिनेछ।

 

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 12:34:04
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।