अस्ट्रेलियाका लागि ‘लभ स्टेसन’ २७ लाखमा बिक्री




चलचित्र ‘लिली बिली’बाट निकै रुचाइएको प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेसन’को विदेश प्रदर्शनको लागि पनि बिक्री सुरु भएको छ।

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै विदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र त्यही समयमा विदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ।

यो चलचित्रलाई आधिकारिक रुपमा अस्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ। अस्ट्रेलियाका लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन्। जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको पनि उनले बताए।

यसको ट्रेलर दर्शकले मन पराएका छन्। यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ। चलचित्र लभ स्टेसनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ।

आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन्। फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन्।
लभ स्टेसनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन्। आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेसनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र रावलको निर्माण व्यवस्थापन रहेको छ।

 

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 11:07:43
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...