अभिनेता अनुपविक्रमलाई ७ प्रश्नः कस्ती प्रेमिकाको खोजीमा हुनुहुन्छ?




मोडलिङबाट करियर सुरु गरेका नायक अनुपविक्रम शाही चलचित्र ‘हँसिया’मार्फत फिल्मी दुनियामा प्रवेश गरेका हुन।

त्यसपछि उनले ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’ लगायतका दर्जन फिल्ममा अभिनय गरिसकेका छन्। कुनै समय ‘ह्यान्सम भिलेन’को रुपमा सिने क्षेत्रमा जमेका अनुपले अहिले ‘ह्यान्सम हिरो’ को रुपमा आफ्नो परिचय बनाएका छन्। भिलेन होस् या हिरोको रुपमा हरेक फिल्ममा उनको भूमिकालाई लिएर तारिफ हुने गर्छ। उनको पछिल्लो फिल्म ‘पुरानो बुलेट’ शुक्रबारबाट प्रदर्शनीमा आउँदै छ । यसै सन्दर्भमा उनलाई नेपालखबरका कृष्ण आचार्यले ७ प्रश्न गरेका छन्ः

१. फिल्मबाहेक कुन कुरामा तपाईंको बढी रुची छ?
मलाई यात्रा गर्न निकै मन पर्छ। प्राकृतिक रुपमा मनोरम स्थलहरु मेरो रोजाइमा पर्छन्। त्यस्तै विदेशतिरको यात्रामा पनि म बढी रमाउँछु।

२. घरमा एक्लै हुँदा के गर्न मन पर्छ?
धेरैजसो त गीतहरु नै सुन्छु। कुकिङ पनि गर्छु। विशेषगरी नेपाली खानाहरु बनाउन एकदमै मन पर्छ। बनाइरहेको हुन्छु। कहिलेकाहीँ फिल्म हेर्ने र योगा गर्ने पनि गर्छु। समय, परिस्थिति र मुडअनुसार के गर्ने भन्ने कुरा निर्धारण हुन्छ।

३. आफ्नो प्रेमिका वा श्रीमातीबारे कुनै धारणा बनाउनु भएको छ? यस्तो भइदिए हुन्थ्यो भन्ने?
त्यस्तो कुनै धारणा बनाएको छैन। म अहिले आफ्नो करियरमै फोकस छु। अझै ४–५ वर्ष बिहे गर्ने पक्षमा म छैन। त्यसपछि के हुन्छ हेरौँला।

४. जीवनमा कत्तिको रुनुहुन्छ? रुँदा आनन्द आउँछ कि हाँस्दा?
रुनु र हाँस्नु समयको खेल हो भन्ने लाग्छ। मानिसलाई समय र परिस्थितिले रुवाइदिन्छ। म पनि रुन्छु होला। तर, पछिल्लो पटक कहिले रोएँ भन्ने याद छैन। दुई दिनको जिन्दगीमा मरेर लानु के नै छ र जस्तो लाग्छ। त्यसैले म हाँसीहाँसी बाँच्न मन पराउँछु। हाँस्दाको आनन्द नै बेग्लै छ।

५. आफूलाई मन पर्ने र नपर्ने आफ्नै बानी ?
अरुले मलाई मेरो सहयोगी भावना मन पर्ने बताउँछन्। म परेको बेला सकेसम्म सबैलाई सहयोग गर्छु। यो मेरो कमजोरी हो वा विशेषता त्यो भने मलाई थाहा छैन। मन नपर्ने भने म अलि अल्छी छुजस्तो लाग्छ। ८–१० घन्टा सुत्नुपर्छ।

६. जीवनको एउटा अविस्मरणीय क्षण सम्झनु पर्दा कुन सम्झनुहुन्छ र किन?
आमाको कोखबाट जन्म लिँदाको क्षण सबैभन्दा विशेष हो मेरा लागि। अर्को भनेको पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘म्यान हन्ट इन्टरनेसनल–२०१३’ को विजेता बन्दाको क्षण हो। मेरो करियरको सुरुवात त्यहीँबाट भएको मान्छु म। विजेता भएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनु र आफूलाई विश्वसामू चिनाउन पाउनु मेरा लागि ठूलो अवसर थियो। जसलाई म कहिल्यै बिर्सन सक्दिनँ।

७. ‘पुरानो बुलेट’ बाट कस्तो अपेक्षा गर्नुभएको छ?
सबैले आफूले गरेको कामबाट राम्रै आशा र अपेक्षा गरेका हुन्छन्। त्यस्तै, मेरो अभिनय रहेको यो फिल्मबाट पनि मैले राम्रै अपेक्षा गरेको छु। अपेक्षा गर्नु र फिल्म चल्नु या नचल्नु फरक पाटो हुन्। कुनै पनि काम गरेपछि सफल या असफल दुवै हुन सकिन्छ। फिल्मलाई पनि दर्शकले मन पराउनुपर्छ। फिल्म राम्रो बनेको छ, अब अरु कुरा प्रतिक्रिया आएपछि मात्र थाहा होला।

 

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 17:49:10
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...