प्रज्ञा–प्रतिष्ठानले बालसाहित्य पत्रिका प्रकाशन गर्ने




नेपाल प्रज्ञा–प्रतिष्ठान भवन
नेपाल प्रज्ञा–प्रतिष्ठान भवन

नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ।

 प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो। प्राज्ञ परिषद्को बैठकको निर्णयानुसार साहित्य ९बालसाहित्य र लोकवार्ता० विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताए।

नेपालका अनुसार अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक एवं प्रधानमन्त्री, संरक्षक संस्कृतिमन्त्री र कुलपतिको विशेष शुभकामनाका साथै राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वैरागी काइँला, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदिका सङ्क्षिप्त शुभकामना राखिनेछ।

रंगिन कलेवरमा प्रकाशित हुने ‘बालप्रज्ञा’मा बाल कविता, बालकथा, बालोपयोगी जीवनी, निबन्ध, प्रबन्ध, नियात्रा, बालनाटक र एकांकी, बाल समीक्षा, विधागत सिद्धान्त र विविध सामग्री समावेश गरिने प्रधानसम्पादक नेपालले बताए।

पत्रिकाको सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुंगाना, देवु लुइँटेल र कार्यकारी सम्पादकमा डा. ध्रुव घिमिरे रहनेछन्। रासस

प्रकाशित २७ फागुन २०७५, सोमबार | 2019-03-11 16:46:34
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।