साहित्यकार घनश्याम ढकालको स्मृति ग्रन्थ सार्वजनिक




साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ।

शनिबार नेपाल प्रज्ञा प्रतिठानमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव एवं सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण, साहित्यकार तथा वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा सौन्दर्यचिन्तक निनु चापागाई र ढकालकी जीवनसंगिनी पारु ढकालले सो समृति ग्रन्थको संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव तथा सौन्र्यचिन्तक मोहन वैद्य ‘किरण’ले ढकाल एक अथक सांस्कृतिक योद्धा भएको बताए। नेपालका कम्युनिस्ट नेता र संस्कृतिकर्मीले ढकालबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो।

साहित्यकार आहुतिले नेपालको प्रगतिशील र प्रगतिवादी सांस्कृतिक तथा साहित्यक आन्दोलनलाई नयाँ ढंगबाट उठाउने बेला आएको बताए। उनले प्रगतिशील लेखक संघजस्ता संस्थालाई साझा र प्रतिपक्षीय बनाउन घटकीय सहभागिता नभइ मञ्चका रुपमा विकास गर्नुपर्ने बताए।

प्रतिष्ठानका अध्यक्ष तथा सौन्दर्यचिन्तक निनु चापागाईंले साहित्यकार ढकाल र स्मृति ग्रन्थका बारेमा जानकारी दिएका थिए। उनले स्मृति ग्रन्थमा ९३ व्यक्तिका ९५ रचनालाई भिन्दाभिन्दै ४ खण्डमा विभाजन गरेर प्रकाशित गरिएको बताए। उक्त ग्रन्थ ६७२ पृष्ठको रहेको छ। उक्त ग्रन्थलाई घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो। सो स्मृति ग्रन्थको प्रधान सम्पादक निनु चापागाईं, कार्यकारी सम्पादक वन्दना ढकाल र सम्पादकहरूमा डा. अमर गिरी, डा. कृष्णराज अधिकारी, मातृका पोखरेल, विनोदविक्रम केसी, विष्णु भण्डारी रहेका छन्।

उक्त ग्रन्थमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य किरण, बाबुराम भट्टराई, ईश्वरचन्द्र ज्ञवाली, हीरामणि दुःखी, खेम थपलिया, सुधा त्रिपाठी, ताराकान्त पाण्डे, सरुभक्त, मित्रलाल पज्ञानी, डा.अमर गिरी, हरिहर खनाल, सरिता तिवारी, पुरुषोतम रिजाल, डा.जगदप्शचन्द्र भण्डारी, भोगीराज चाम्लिङ, शार्दुल भट्टराई लगायतका व्यक्तिका रचना समावेश गरिएको छ।

साहित्यकार ढकालको २०६८ फागुन १ गते जनयुद्ध दिवस मनाउने क्रममा काठमाडौँको भृकुटीमण्डपमा मोटरसाइकलले दुर्घटनामा निधन भएको थियो।

ढकालका विभिन्न विधानका १६ कृति प्रकाशित रहेका छन्।

प्रकाशित २६ फागुन २०७५, आइतबार | 2019-03-10 16:52:44
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...