निता ढुंगाना अभिनित भोजपुरी फिल्मको गीत सार्वजनिक (भिडियो)

भोजपुरी अभिनेता निरहुआसँग नेपाली अभिनेत्री निताको रोमान्स

नेपाली अभिनेत्री निता ढुंगाना अभिनित भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपालमा नै छायाँकन गरिएको ‘प्रेम पियाला’ बोलको उक्त गीतमा अभिनेत्री ढुंगाना भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’का साथमा देखिएकी छन्। गीत रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ।

पछिल्लो समय बलिउडमा समेत चर्चामा रहेका निरहुआ यो गीतमा भिन्न रुपमा देखिएका छन्। यसअघि उनको ‘बोर्डर’ फिल्म निकै चर्चामा रहेको थियो।

देशभक्ति र प्रेमकथामा आधारित यो फिल्ममा भारतमाथि दुस्मनले गर्न लागेको आक्रमणलाई कसरी असफल बनाइएको छ भन्ने कुरालाई मुख्य रुपम उढाइएको छ भने भारतीय युवा र नेपाली युवतीबीचको प्रेमलाई पनि यसमा मुख्य रुपमा देखाइएको छ।

फिल्मको निर्देशन भोजपुरी फिल्म जगतका चर्चित निर्देशक मनोज नायारणले गरेका छन्।

हेरौँ भिडियो

प्रकाशित 2019-03-10 15:41:57