यौन दुर्व्यवहारको आरोपपछि माइकल ज्याक्सनको शालिक संग्राहलयबाट हटाइयो




माइकल ज्याक्सनको शालिक
माइकल ज्याक्सनको शालिक

विश्व चर्चित गायक माइकल ज्याक्सनको शालिक वेलायतको नेसनल फुटबल संग्राहलयबाट हटाइएको छ।

सन् २००९ मा ५० वर्षको उमेरमा निधन भएका अमेरिकी गायकमाथि यौन दुर्व्यवहारको आरोपहरु लागेपछि उनको शालिकलाई संग्राहलयबाट हटाइएको हो। 

सन् २०१४ यता नेसनल फुटबल संग्राहलयले सम्मानको लागि माइकल ज्याक्सनको शालिक राखेको थियो।

यतिबेला माइकल ज्याक्सनको शालिकको स्थानमा फुलहाम फुटबल क्लबका पूर्व खेलाडी जर्ज कोहेनको शालिक राखिएको छ।

३६ वर्षीय वेड रोबसन र ४१ वर्षीय जेम्स सेफचकले ‘लिभिन नेभरल्यान्ड’ नामक वृत्तचित्रमा आफूहरु बालकहुँदा माइकल ज्याक्सनले यौन शोषण गरेको खुलासा गरेका हुन्।

वेलायतमा बुधबार उत्तर वृत्तचित्र सार्वजनिक गरिएको थियो। वृत्तचित्रमा वेड रोबसन र जेम्स सेफचकको बयानहरु छन्।

माइकल ज्याक्सन परिवारले भने वृत्तचित्रको बयानहरु झुठो भएको बताएका छन्।

रोबसनले आफू ५ वर्षको हुँदादेखि ज्याक्सनको क्यालिफोर्नियास्थित नेभरल्यान्ड महलमा आउने जाने गरेको बताए। सेफचकले समेत त्यहाँ घुम्न जाने क्रममा माइकल ज्याक्सनले दुव्र्यवहार गर्ने गरेको बताए।

सन् १९९३ मा समेत १३ वर्षीय किशोरले माइकल ज्याक्सनले ५ महिनाको अवधिमा दोहोर्याउँदै यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए। ती बालकले माइकल ज्याक्सनसँग नुहाएको, एकै खाटमा सुतेको तथा शरिर छुए बापत उपहार दिएको बताएका थिए।
सन् २००४ मा माइकल ज्याक्सनले कानुनी झमेला सल्टाउन ती बालकलाई २५ मिलियन अमेरिकी डलर तिरेको जनाइएको छ।

सन् २००३ मा माइकललाई बाल यौन शोषण गरेको ७ मुद्धा लागेका थिए। बालकहरुले मदिरा खुवाएर माइकलले यौन शोषण गरेको बताएका थिए। तर ज्याक्सनले मृत्युसम्म आफूलाई निर्दोष सावित गर्न सफल भए।

Image result for michael jackson

 

प्रकाशित २४ फागुन २०७५, शुक्रबार | 2019-03-08 18:00:44
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।