फिदिममा नेपथ्य गुञ्जिने




Prabish Newa

माघ २ गते पाँचथरको फिदिममा नेपथ्य गुञ्जिने भएको छ। हालै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि नेपथ्यले फेरि पूर्वको यात्रा तय गरेको हो।

फिदिम उच्च माविको खेल मैदानमा नेपथ्य ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउने छ। ऐतिहासिक महत्व बोकेको पूर्वाञ्चलको माथिल्लो भेग फिदिममा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो।

मुनाफाकाे रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने र फिदिम सहरको प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले कन्सर्ट आयोजना गर्न लागिएको प्रचारक अर्पण शर्माले जानकारी दिए।

‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुने भएको छ।’

त्यस्तै, ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ साना सहरका प्रिय श्रोताहरुको घेरामा पुग्दा आनन्द आउने भएकाले फिदीममा कार्यक्रम गर्न लागेको बताउँछन्।

स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीब्र पारिएको छ। त्यसैगरी यी सबै स्थानमा बेग्लाबेग्लै टिकट काउन्टर समेत राखिएका छन्।

फिदिमममा अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 17:47:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।