जहाँ जीवन्त भेटिन्छन् साहित्यकार रमेश विकल




युवा विकल
युवा विकल

विकललाई रोगले च्याप्दै लगेको थियो। तर उनले मिश्राम लिएनन्, न लेख्न नै छाडे। भन्थे, ‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ।’

पत्रकार तथा साहित्यकार विजय चालिसेले काठमाडौं चाबहिलको पशुपति क्याम्पसमा पढाएर घर आइपुग्दा आफ्ना बाबु रमेश विकल कसैसँग गफिइरहेको बाहिरबाटै सुने। घरभित्र पसेपछि चाल पाए, विकल पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका छोरा अधिवक्ता मनोज शर्मासँग केही कुरा गर्दै रहेछन्।

आफ्ना कृतिको बिक्रीबापत आएको रोयल्टीलाई कुनै साहित्यिक संस्थामार्फत् पुरस्कार स्थापना गरी विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यलाई कानुनी रुप कसरी दिने भन्ने विषयमा विकलले सुझाव मागिरहेको चालिसेले चाल पाए।

विकलसामु छोरा विजयले तत्काल प्रस्ताव राखे, ‘अरुमार्फत् भन्दा पनि तपाईंकै नाममा प्रतिष्ठान गठन गरेर जाँदा के होला?’

चालिसेको कुरामा मनोजले पनि सही थपे। विकल पनि राजी भए। केही समयको पारिवारिक सल्लाहपछि चालिसेले झन्डै ५० जना साहित्यकारको भेला बोलाए। भेलाबाटै विकलका मित्र रोचक घिमिरेको अध्यक्षतामा तदर्थ समिति बन्यो।

यसरी पुस २०६३ मा ‘रमेश विकल साहित्य प्रतिष्ठान’ गठन भयो। प्रतिष्ठानको नाममा काठमाडौँको आरुबारीमा विकल जन्मेको (पाँच आना क्षेत्रफलमा बनेको अढाई तले) घर र रोयल्टीमार्फत् आएको केही लाख रुपैयाँ जम्मा भयो।

०१८ सालमा ‘नयाँ सडकको गीत’ कथा संग्रहका लागि मदन पुरस्कार पाएका विकलको २ पुष ०६५ मा निधन भयो। उनको नाममा गठन भएको प्रतिष्ठान त्यसपछि झन् सक्रिय भयो र विकलकै ईच्छाअनुरुप विभिन्न पुरस्कारको स्थापना तथा छात्रवृत्ति प्रदान गर्ने काम गर्यो।

तर, ०७२ सालको भूकम्पका कारण घर भत्किएपछि विकल निवास भग्नावशेष बन्न पुग्यो। भूकम्पको तीन वर्षपछि अहिले सोही स्थानमा अढाई तले पक्की भवन बनेको छ, जसलाई ‘रमेश विकल स्मृति संग्रहालय’ नामाकरण गरिएको छ।

हालसम्म स्मृति संग्रहालय निर्माणमा डेढ करोड खर्च भएको छ। त्यसका लागि सरकारले ७० लाख सहयोग गरेको छ भने अन्य विभिन्न व्यक्ति तथा संस्थाले पनि सहयोग दिएका छन्।

स्मृति संग्रहालयमा विकल
नेपाली साहित्य क्षेत्रका मूर्धन्य व्यक्ति विकलको स्मृति संग्रहालयको अवलोकन गर्दा त्यहाँ उनी जीवन्त जस्तै भेटिन्छन्। कल्पनामा होस् या आभासमा उनलाई अनुभूत गर्न सकिन्छ, उनको जीवनशैलीबारे जान्न–बुझ्न पाइन्छ।

संग्रहालयको गेटको माथिल्लो भागमा ‘रमेश विकल साहित्य प्रतिष्ठान स्मृति संग्रहालय’ लेखिएको छ। त्यसको दाहिने छेउमा विकलको सालिक राख्नका लागि खाली ठाउँ छोडिएको छ। तल्लो तलामा तीन कक्ष छन्। तीमध्ये एउटा विकलबारे सोध–खोज गर्ने, अर्को प्रतिष्ठानको प्रयोजनका लागि र अर्को विकललाई प्रोजेक्टरबाट हेर्न र सुन्न पाउने व्यवस्थाका लागि हो।

प्रोजेक्टर कक्षमा विकलका अन्तर्वार्ता, उनको भाषण तथा उनीसँग सम्बन्धित अडियो, भिडियो बज्नेछन्। स्मृति संग्रहालयमा छिर्नासाथ विकल त्यहीँ भएको महसुस गराउन यसो गरिएको छोरा एवं प्रतिष्ठानका सदस्य सचिव चालिसे बताउँछन्।

अझ रोचक कुरा त के छ भने, हरेक कोठाको भित्तामा विकलले बनाएका चित्रहरु राखिएका छन्। ती चित्र हेर्दा उनी सवल साहित्यकार मात्र नभएर चित्रकारसमेत हुन् भन्ने जो कोहीले स्वीकार्न सक्छ।

साथै, चित्रमा विकलको प्रकृति प्रेम र स्त्रीप्रतिको झुकाव पनि पाउन सकिन्छ।

दोस्रो तला उक्लिँदै गर्दा विकलले आफ्नो जीवनमा हासिल गरेका प्रमाणपत्रहरु सजिएका देख्न सकिन्छ। भर्‍याङको देब्रेतिर रहेका प्रमाणपत्रहरु नियाल्दै दोस्रो तला पुग्दा ठिक अगाडिको कक्षमा पुस्तकालय र अन्य दुई कक्षमा विकलले प्रयोग गरेका महत्वका सामाग्री देखिन्छन्।

पुस्तकालयमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ। त्यहाँ विकल तथा अन्य साहित्यकारका महत्वपूर्ण कृति पढ्न त पाइन्छ नै। विकलका कुनै सामाग्री चाहिएमा प्रिन्ट गरेर लैजान पाउने व्यवस्थासमेत गरिएको छ। विकलका ग्रन्थ तथा समालोचनाहरु पनि त्यहाँ उपलब्ध छन्।

अन्य दुई कक्ष सबैभन्दा महत्वपूर्ण छन्, जहाँ पुग्दा विकल त्यहीँ कतै भएको महसुस हुन्छ।

एउटा कक्षमा विकलले मदन पुस्कार प्राप्त गर्दा पाएको प्रमाणपत्रदेखि उनलाई सबैभन्दा प्रिय लाग्ने बस्त्र राखिएका छन्। जवानीमा खिचिएको विकलको तस्वीर, उनले चित्र बनाउँदा प्रयोग गरेका सामाग्री, महेन्द्र–प्रज्ञा पुरस्कारबापत पाएको प्रमाणपत्र, विशेष महत्वका पदक तथा प्रमाणपत्र, उनले बजाउने भ्वाइलिन, हार्मोनियम, सारङ्गी, तबला, प्रयोग गरेको सुटकेश लगायतका महत्वका सामाग्री छन्।

कलाकारले बनाएको विकलको चित्र (डमी) त्यस कक्षको अर्को आकर्षक सामाग्री हो। डमीमा विकलको सचित्र चित्रण मात्र गरिएको छैन, उनले लगाउने बस्त्रसमेत त्यसले धारण गरेको छ। यी कुरा नियाल्दा लाग्छ, विकल यतै कतै छन्।

त्यसैगरी, अर्को कक्षमा विकल सुतेको खाट, उनले ओडेको सिरक, ओछ्याएको तन्ना, उनले प्रयोग गरेका अन्य कपडा छन्। त्यस्तै, चस्मा, पानी पिउने तामाको जग, कृतिहरु लेख्न प्रयोग भएका कलम, तमाखु तानेको भाँडोलगायतका चीज सजाएर राखिएका छन्।

प्रत्येक कक्षमा विकलले बनाएका मनमोहक चित्रहरु पनि छन्, जसले सबैलाई सजिलै लोभ्याउन सक्छ। छोरा विजय भन्छन्, ‘उहाँले बनाएको मूर्तिलगायतका अन्य केही सामाग्रीहरु कतै हराएका छन्। त्यस्ता सामाग्रीको संकलन कार्य जारी छ।’

छोराको नजरमा 
अग्रगामी चेतना बोकेका विकल साहित्यकारमात्र नभएर समाजसेवी एवं राजनीतिकर्मी समेत थिए। २००६ सालको चैतमा शारदा पत्रिकामा ‘गरिब’ शीर्षकको कथा छापिएपछि उनको साहित्यिक यात्रा सुरु भएको हो। सो कथा लेखेका कारण उनले सुरक्षा कानुनअन्तर्गत सात दिन जेल जीवनसमेत बिताउनु पर्‍यो।

२००७ सालमा विकल नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भए र भूमिगत राजनीतिमा होमिए। त्यसपछि पटक–पटक राणा शासन विरोधी, प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा उनको सक्रिय सहभागिता रह्यो। कैयौँ पटक उनी जेलसमेत परे।

२०१७ सालमा कम्युनिष्ट पार्टीमा फुट आएपछि विकल राजनीतिदेखि रुष्ट भए। ‘त्यसपछि बुबा राजनीतिक गतिविधिमा सहभागी हुन छाड्नुभयो’, चालिसे भन्छन्।

विकल बच्चादेखि बृद्धसम्मका लागि निकै सरल र मिलनसार थिए। बहुआयामिक प्रतिभाका धनी उनी कलमसँगै कुची पनि उत्तिकै चलाउँथे। सानोठिमीदेखि माटो मगाएर मूर्ति बनाउँथे। विकलले भारतीय बरिष्ठ कवि रवीन्द्रनाथ टेगोरको समेत मूर्ति बनाएका थिए। त्यो मूर्ति कहाँ छ भनेर खोजी भइरहेको र भेटिनासाथ संग्रहालयमा राख्ने चालिसे बताउँछन्।

विकल घर–परिवारलाई भने निकै कम समय दिन्थे। बिहानै घरबाट निस्किएपछि आधा रातमा घर आउँथे। प्रायः न्यूरोडमा डेरा जमाउँथे र त्यहाँबाट राती हिँड्दै आरुबारी (घर) आइपुग्थे।

सुरुवाती दिनमा चालिसे फुर्सद हुनासाथ लेख्ने र चित्र कोर्ने काम गर्थे। जागिरे भएपछि भने रातभर लेख्न थाले। ‘ग्रीन टी’ पिउँदै आधारातसम्म लेखेरै बस्थे उनी। घर बाहिर गएका बेला पनि आधा रातमा घर आएपछि केही लेखेरमात्र सुत्थे।

जीवनका पछिल्ला दिनहरुमा भने उनी प्रायः बिहान लेख्थे। आँखा कमजोर हुँदै गएपछि राती लेख्न सक्दैनथे। उनी तमाखुका अम्मली थिए। लेख्दा साथमा तमाखु हुनै पर्थ्यो। ‘उहाँ आफू लेखिरहनु भएको हुन्थ्यो’, छोरा चालिसे भन्छन्, ‘राती हामीलाई बोलाएर तमाखु बनाउन लगाउनु हुन्थ्यो।’

दम भएपछि तमाखु छाडेपनि विकल लुकिलुकी बिँडी खान्थे। बर्फी उनको निकै प्रिय मिष्ठान्न थियो। चालिसेले जागिरबाट घर फर्कँदा बुबालाई असनको बर्फी लगिदिने नियमित जिम्मेवारी नै पाएका थिए।

विकल निकै रसिक थिए। नाच्न–गाउनमा विशेष रुची थियो। सुन्दर अनुहारका महिला देखे भने चिया खाँदाखाँदै पनि चित्र कोरिदिन्थे। उनले जीवनमा कहिल्यै रक्सी पिएनन्, न जुवातासको लत नै उनमा थियो।

पटक–पटक कम्युनिष्ट आन्दोलनमा लागेर जेल जीवन बिताएकाले होला, उनलाई राजपरिवारले कहिल्यै रुचाएन। उनले महेन्द्र–प्रज्ञा पुरस्कार पनि निकै पछि २०३८ सालमा मात्रै पाए।

‘घरपरिवारलाई निकै कम समय दिनुहुन्थ्यो,’ छोरा चालिसे सम्झिन्छन्, ‘परिवारको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा थियो।’

उनी आफ्नो अधिकांश समय लेखन र समाजसेवामा नै बिताउँथे। समय नदिए पनि परिवारप्रतिको दायित्व भने पूरा गरेका थिए उनले।

विकलको घरमा भैरव अर्याल, भूपी शेरचन, सिद्धिचण श्रेष्ठ, माधवप्रसाद घिमिरे, विजय मल्ल र रोचक घिमिरेजस्ता साहित्यकारहरु आउने–जाने गरिरहन्थे। यही संगतबाट लोभिएर आफूमा पनि साहित्यप्रति रुची बढेको चालिसे बताउँछन्।

विकल मधुमेह र मुटु रोगका बिरामी थिए। २०६३ सालदेखि उनलाई रोगले च्याप्दै लगेको थियो। तरपनि उनले मिश्राम लिएनन्, न लेख्न नै छाडे। भन्थे, ‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ।’

२०६५ मंसिरमा विकललाई रोगले बेस्मरी च्याप्यो। परिवारका सदस्यले अस्पतालको आइसियुमा लाने प्रयत्न गरे। तर, विकलले मानेनन्।

रोगले च्याप्दै लगेपछि मंसिर अन्तिमा साता भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आयो। त्यसको एक सातापछि २ पुसमा उनको निधन भयो।

उनले संसार छाडेर गएपनि उनका उपन्न्यास, कथा, नाटक, एकाङ्की, निबन्ध, संस्मरण र बालसाहित्य गरी ५० भन्दा बढी कृति हामीसामु छन्। अर्थात्, ती कृतिमार्फत् उनी जीवन्त छन्।

प्रकाशित १४ पुस २०७५, शनिबार | 2018-12-29 07:20:38
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?