पोखरामा साहित्यको महामेलाः लेखकलाई ऊर्जा, पाठकलाई अवसर




गतवर्ष आयोजित महोत्सवको एक सत्रमा वक्ता र सहभागीहरुः फाइल फोटो
गतवर्ष आयोजित महोत्सवको एक सत्रमा वक्ता र सहभागीहरुः फाइल फोटो

‘आइएमई लिटरेचर फेस्टिभल’ले यतिबेला सुन्दर नगरी पोखराको माहोल तताउँदै छ। विश्वका चर्चित साहित्यकारसँगै नेपाली साहित्यकार, राजनीतिज्ञ र कलाकार गरी झन्डै सयको हाराहारीमा विशिष्ठ व्यक्तित्व तथा हजारौँ पाठकहरुको एउटै थलोमा हुने जमघटले पोखरालाई थप रोमाञ्चक बनाउने छ।

के-के कार्यक्रम हुँदैछन्?नेपाली साहित्यको विकास तथा विस्तारमा लिटरेचर फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जसको सातौँ संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुँदैछ। 

यो महोत्सवले लेखकलाई पाठकसँग प्रत्यक्षरुपमा भेट तथा अन्र्तक्रिया गर्न सहयोग पुर्याउँनुका साथै पाठकले पनि आफूलाई मन परेका लेखकलाई प्रत्यक्षरुपमा भेट्न पाउँछन्। त्यसैले पनि यसको आफ्नै विशेष महत्व छ।

साहित्यकार बुद्धिसागर साहित्यिक महोत्सवले आफूलाई थप ऊर्जा दिने गरेको बताउँछन्। ‘साहित्यकार तथा पाठकका लागि यो आफैंमा सबैभन्दा ठूलो उत्सव हो’ उनी भन्छन्, ‘पाठकले आफ्ना लेखकलाई प्रत्यक्ष भेट्न, सल्लाह–सुझाब दिन र लेखकबारे बुझ्न पाउने भएकाले पनि यसको विशेष महत्व छ।’

लिटरेचर फेस्टिभल लेखक–पाठकले अन्र्तरक्रिया गर्ने अवसरमात्र नभई साहित्यिक बहस र विचार निर्माणका लागि एउटा कोसेढुंगा नै हो किनभने महोत्सवमा साहित्यसँगै समसामयिक राजनीतिक, आर्थिक, कला, संगीतलगायतका विषयमा विशिष्ट व्यक्तित्वसँग खास बहस हुने गदर्छ।

फेस्टिभलमा अन्तर्राष्ट्रिय लेखकहरु पनि सहभागी हुने भएकाले नेपाली साहित्य र लेखकलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि पनि यसको भूमिका महत्वपूर्ण हुन्छ। साथै, विश्व साहित्यको उतार–चढावका विषयमा गरिने बहसले नेपाली लेखक तथा पाठकलाई त्यसबारे बुझ्न सहयोग पुर्याउँछ।

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले धेरैजसो लेखकहरु छिमेकी राष्ट्रहरुबाट आउने भएकाले उनीहरुसँग नेपाली लेखकको सम्पर्क विस्तारमा महोत्सवको महत्वपूर्ण भूमिका हुने बताउँछन्। ‘सत्रहरु प्रभावकारी रुपमा प्रस्तुत हुँदा उनीहरुले आफ्नो देश जाँदा नेपाली साहित्यलाई सोही किसिमले ब्याख्या–विश्लेषण गर्छन्,’ उनले भने, ‘लेखक–लेखकबीच सुमधुर सम्बन्ध स्थापित हुँदा त्यसले पनि पक्कै फाइदा पुर्याउने नै छ।’

महोत्सवले नेपालमा पुस्तकको बजार प्रवद्र्धन, पुराना लेखकबाट नयाँ लेखकले सिक्ने अवसर प्रदान, नयाँ लेखकका लागि उचित स्थान पनि दिने काम गर्दछ । सँगसँगै पोखराको पर्यटन प्रवद्र्धनमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धेरैको विश्वास छ। साहित्यकार संग्रौला हरेक वर्ष हुने लिटरेचर फेस्टिभल लेखक साहित्यकारका लागि दसैं–तिहारजस्तै ठूलो चाड भएको बताउँछन्।

बुकवर्म फाउन्डेसनले आयोजना गरेको लिटरेचर फेस्टिभलमा यस वर्ष आईएमईले प्रायोजन गरेको छ। बुकवर्मका कार्यकारी निर्देशक निरज भारी पछिल्लो समय नेपालमा तीव्ररुपमा पठन संस्कृतिको विकास भइरहेका बेला कर्पोरेट संस्थाले यस क्षेत्रमा सहयोग गर्नु समग्र साहित्य क्षेत्रकै ठूलो उपलब्धि भएको बताउँछन्। ‘पछिल्लो समय किताब पढ्नु एउटा संस्कृतिको रुपमा विकास भइरहेको छ’, भारी भन्छन्, ‘यसको थप वृद्धि तथा विकासका लागि कर्पोरेट सेक्टरले सहयोग गर्नु निकै सकारात्मक कुरा हो।’

कुन–कुन सत्र हुँदैछन् ?
यसपटक लिटरेचर फेस्टिभलमा विभिन्न ३५ वटा सत्र सञ्चालन हुनेछन्। जसमा विदेशी तथा नेपाली साहित्यकारले साक्षात्कार, विचार–विमर्श, देशको राजनीतिक तथा आर्थिक अवस्थामाथि बहस, पछिल्लो समय भइरहेको पठन संस्कृतिको विकास, अन्तर्राष्ट्रिय साहित्यबारे चर्चा गरिनेछ।

फेस्टिभलको उद्घाटनपछि बलिउड अभिनेत्री मनिषा कोइरालाद्वारा लिखित पुस्तक ‘हिल्ड’को विमोचन गरिनेछ। बलिउड सिने क्षेत्रकी स्थापित अभिनेत्री कोइरालाको पुस्तक नेपाली भूमिमा विमोचन हुँदा त्यसले पक्कै पनि राम्रो प्रभाव पार्नेछ। पुस्तक विमोचनपछि महानायक राजेश हमाल र कोइरालाबीच पुस्तकबारे बहससमेत हुनेछ।

फेस्टिभल स्थललाई भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई भागमा विभाजन गरिएको छ। सहभागीले आफ्नो ईच्छाअनुसार रुचीको सत्रमा उपस्थिति जनाउन पाउनेछन्।

साथै, विभिन्न राजनीतिक सत्रहरु समेत सञ्चालन गरिनेछ । ‘प्रजातन्त्र र पुस्तक’ सत्रमा हरि शर्मा र सिके लालबीच बहस हुनेछ। ‘अबको नेतृत्वः कसको, कस्तो?’ सत्रमा नेताहरु नारायणकाजी श्रेष्ठ, रवीन्द्र मिश्र र गगन थापाबीच बहस हुनेछ।
‘भिजिट नेपाल २०२०’लाई सहयोग पुग्ने गरी ‘किन घुम्ने नेपाल’ सत्रसमेत राखिएको छ। जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पर्यटन विज्ञ तथा व्यवसायीहरु सुरज वैद्य र आङछिरिङ शेर्पा बोल्नेछन्।

फेस्टिभलमा हुने सत्र र वक्ताबारे जान्न तलको ग्राफ हेर्नुहोला

प्रकाशित ४ पुस २०७५, बुधबार | 2018-12-19 17:00:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...