विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्




मनीषा काेइराला
मनीषा काेइराला

क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

मृत्युलाई नजिकबाट अनुभव गर्नु पनि हो। मैले पनि त्यो अनुभव गरेँ। त्यो अन्य रोगभन्दा फरक थियो। औषधि खानासाथ निको हुने किसिमको होइन। भोलि निको हुन्छ हुँदैन केही थाहा नहुने। एउटा अनिश्चय र भविष्यवाणिबिहीन अवस्था क्यान्सर हो जस्तो लाग्छ। यही भएर क्यान्सर भएकाहरुले जीवन यात्रामा फरक अनुभूति गर्छन्। त्यो मैले पनि गर्न पाएँ। शरीरमा हुने पीडा त छँदै छ।

भावनात्मक र मानसिक रुपमा मैले भोगेको पीडा अझ खतरनाक थियो। त्यतिबेला म पूर्णरुपमा असहाय भएकी थिएँ। तर मैले आफूलाई हार्न दिइनँ। आफ्नो आत्मविश्वासलाई गिर्न दिइनँ।

मेरो पुस्तक ‘हिल्ड’ जो अंग्रेजी भाषामा आएको छ त्यसले मेरो जीवनको एउटा पाटो समेट्छ। मैले अनुभव गरेको जीवनको सबैभन्दा विशेष पाटोको कथा भन्छ। मैले भोगेको त्यो जीवन मेरा लागि निकै महत्वपूर्ण पनि छ। क्यान्सर के हो र क्यान्सर हुँदाको पीडादायी क्षण कस्तो हुन्छ भन्ने कुरा सबैले जान्न पाउन् भनेर मैले आफ्ना अनुभूतिहरुलाई पुस्तकमा उतारेकी हुँ। त्यही अनुभूतिको संगालो नै ‘हिल्ड’ हो।

त्यतिबेला म धेरै पीडामा थिएँ। आफन्तहरुले निकै चिन्ता लिनुहुन्थ्यो। म अँध्यारोले कसरी घेरिएकी छु भन्ने उहाँहरुले राम्रोसँग बुझ्नुभएको थियो। मेरो आमा र भाइलाई एक जना ज्योतिषले पूजा गर्न सल्लाह दिएछन्। क्यान्सर रोग निको पार्न उहाँले त्यही गर्नुभयो। यो आमाको विश्वास थियो। छोरीप्रति उहाँले दर्शाएको प्रेम थियो। कतिसम्म भने अमेरिकामा मेरो क्यानसर अपरेशन हुँदै गर्दा उहाँले पूजा गराएको त्यो रुद्राक्ष डाक्टरलाई दिनुभयो। ती ज्योतिषले डाक्टरलाई अपरेशन गर्दा यो रुद्राक्ष आफैँसँग राख्न सल्लाह दिएका रहेछन्। आमाको विश्वास र प्रेमले त्यो रुद्राक्ष अमेरिका पुगेको थियो। यसलाई मैले त्यसरी नै हेरेकी छु।

मनीषा काेइराला

मनीषा काेइराला

क्यान्सरबाट मुक्ति पाइसकेपछि म डिप्रेशनमा थिएँ भन्ने मलाई थाहासम्म थिएन। तर मेरो एकजना नजिकको मित्रले यति लामो पीडाबाट गुज्रिएपछि तपाईंलाई त्यसबाट बाहिर आउन गाह्रो हुन्छ भन्ने सुनाए। उनले थेरापीको सल्लाह पनि दिए। त्यसपछि मैले थेरापी लिएँ। साँच्ची भन्ने हो भने मैले ‘विल पावर’ गुमाएकी थिएँ। मेरो दिमाग शून्य थियो। शरीर, मनोभाव या मानिसमा हुने हरेक तत्वले काम गर्न छाडेको थियो। विस्तारै म तंग्रिएँ। थेरापीले मलाई पहिलेकै जीवनमा फर्कन मद्दत पुर्यायाे।

विगतमा हामीले भोगेका कतिपय कुराहरु अमूल्य हुन्छन्। जसले जीवन जिउने दृष्टिकोण नै परिवर्तन गरिदिन्छ। मेरो जीवनले पनि त्यस्तै एउटा फरक भोगाइको अनुभव गर्न पायो, जुन सुखद् नभएर दुःखद् थियो, पीडादायी थियो। र, त्यही भोगाइका कारण मैले जीवनलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन पुग्यो।

मैले पुस्तक लेख्दा बितेका ती हरेक पललाई फेरि स्मरण गर्नुपर्ने हुन्थ्यो। गरेँ पनि। त्यो काम मेरा लागि सहज थिएन। कहिले लेख्दै गर्दा रोकिन्थेँ। मैले सन् २०१७ को डिसेम्बरमा किताब लेख्न सुरु गरेँ। त्यतिबेला मलाई निकै अप्ठ्यारो महसुस भयो। हरेक कुरा विस्तारमा सम्झनुपर्ने थियो। यसरी केही महिना बित्यो। यसैक्रममा एक दिन त मलाई अब म लेख्न सक्दिनँ नै भन्ने लाग्यो। र, लेखन स्थगित गरेँ। तर मैले हार मानिनँ। फेरि मनोबल जुटाए लेख्न बसेँ। सफल पनि भएँ।

(मनीषा कोइरालाको अंग्रेजीमा प्रकाशित पुस्तक ‘हिल्ड’को नेपाली अनुवाद संस्करणबारे जानकारी दिन आयोजित कार्यक्रममा सोमबार उनले दिएको प्रस्तुतिको सम्पादित अंश। नेपाली अनुवाद फाइन प्रिन्टले प्रकाशन गर्ने भएको छ।)

भिडियाे

प्रकाशित २ पुस २०७५, सोमबार | 2018-12-17 18:59:16
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...