महाकविको घरलाई संग्रहालय बनाउन छोराछोरी राजी




भग्नावशेष बनेको घरमा झुण्डिरहेको लक्ष्मीप्रसाद देवकोटा दम्पतीको तस्बिर
भग्नावशेष बनेको घरमा झुण्डिरहेको लक्ष्मीप्रसाद देवकोटा दम्पतीको तस्बिर
प्रविन कोइराला

सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्राहलय बनाउने निर्णय गरेसँगै त्यसका लागि गृहकार्य सुरु भएको छ।

 महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मैतिदेवीस्थित उनको घरलाई संग्रहालय बनाउने बताएका थिए। सोही निर्णयलाई मंसिर १७ को मन्त्रिपरिषद बैठकले औपचारिकता दिएको थियो।

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत संचालन गर्नेगरी देवकोटाको भग्नावशेष घर आफ्नो स्वामित्वमा लिने तयारी गरेको छ। त्यसका लागि सरकार र प्रज्ञाबीच मौखिक सहमतिसमेत भएको छ।

परिवारसँग छलफल
मौखिम सहमति भएसँगै प्रज्ञाले मैतिदेवीको शास्त्री बस्तीभित्र रहेको महाकवि देवकोटाको १२ अना जग्गा सरकारको स्वात्मिका लिने प्रयास सुरु गरेको छ। त्यसका लागि प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीले देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमालसँग छलफलसमेत गरेका छन्। हाल अस्ट्रेलियामा रहेका देवकोटाका छोरा पद्मप्रसादसँग पनि फोनमा कुराकानी भएको प्रज्ञाका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

‘प्रज्ञाले व्यवस्थापन र सञ्चालन गर्नेगरी महाकविज्यूको मैतिदेवीस्थित घर–जग्गा सरकारी स्वामित्वमा ल्याउने मौखिक सहमति भएको छ’ सदस्य सचिव उपाध्याय भन्छन्, ‘त्यसमा के–कसरी जाने भनेर लिखित पत्राचार आउन बाँकी छ। तत्कालै यसबारे टुंगो लाग्नेछ।’

महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने विषयमा उनका छोराछोरी दुवै सकारात्मक रहेको उनले बताए। घर भग्नावशेष अवस्थामा रहेकाले १२ आना जग्गाको मूल्यांकन र मापदण्ड गरी प्रचलित दरअनुसार परिवारलाई दिने विषयमा छलफल भएको भनाइ छ।

के भन्छन् परिवारका सदस्य ?
हाल १२ आना क्षेत्रफलमा फैलिएको महाकिव देवकोटाको घर–जग्गा उनकी जेठी छोरी मिनाको नाममा रहेको छ। तीर्थयात्रामा रुचि राख्ने उनी धेरै समय घर बाहिरै हुन्छिन्। दुवै छोरा (पद्म र दीपक) देशबाहिर छन्। त्यसैले हाल घरको रेखदेख छोरी अम्बिकादेवीले गर्दै आएकी छन्।

अम्बिकादेवी सरकारको निर्णयले आफू अत्यन्त खुसी भएको बताउँछिन्। उनले भनिन्, ‘सरकारको निर्णयप्रति हामी सकारात्मक छौँ। दिदी र भाइहरु पनि खुसी हुनुहुन्छ।’ छोरा पद्मले अष्ट्रेलियाबाट नेपालखबरसँग कुरा गर्दै संग्रहालय बनाउने विषयमा निर्णय लिएकोप्रति प्रधानमन्त्रीलाई धन्यवाद दिए।

अम्बिकादेवीको सरकारले उचित मुआब्जा दिनुपर्ने माग छ। जग्गाको साटो अन्य कुनै स्थानमा जग्गा वा पैसा सरकारलाई जे सहज लाग्छ त्यसमा छलफल गर्न सकिने उनले बताइन्।

यता सरकारले लिखित पत्र पठाएपछि परिवारसँग थप छलफल गर्ने तयारीमा प्रज्ञा छ।

याे पनि: लक्ष्मीप्रसाद देवकोटा संग्रहालय: ‘गोली बनोस् ओलीको बोली’

प्रकाशित २१ मंसिर २०७५, शुक्रबार | 2018-12-07 17:53:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।