नम्रतालार्इ बाह्य संसारसँग किन प्रतिबन्ध?


Infocus



नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ

पछिल्लो समय नम्रता श्रेष्ठ मिडियामा देखिएकी छैनन्। आफूले अभिनय गरेका फिल्मको प्रवद्र्धनमा उनलाई सहभागी गराउन पनि निकै जोडबल लगाउनु पर्ने स्थिति बन्दै गएको छ।

आउँदै गरेको फिल्म ‘प्रसाद’ प्रवद्र्धनका लागि निर्देशक दिनेश राउत र नायक निश्चल बस्नेतको विशेष आग्रह गरेका थिए। त्यसपछि मात्रै उनी केही छानिएका मिडियामा देखिइन्।

डेढ वर्षपछि फिल्ममा फर्कन लागेकी ब्युटीफुल नम्रतासँग सञ्चारकर्मीलाई समेत समय पाउन सजिलो छैन। नजिकका केही मात्र हिजोआज उनीसँग सम्पर्क गर्न सक्छन्।

नम्रतालाई प्रायः सञ्चारकर्मीले अन्तिममा ७७ भएको मोबाइल नम्बरमा फोन गर्छन्। तर त्यो उनले उठाउँदिनन्। प्रेमी स्टेफन दावा शेर्पाले उठाउँछन्। उनी नहुँदा नम्रताकी सहयोगीले उठाउँछिन्।

दावाले फोन उठाउँदा नम्रताबारे सोधखोज गरे सुरुमै फोन काटिदिन्छन्। सहयोगीले उठाए के कुरा हो दिदीलाई म भनिदिन्छु भनेर टार्छिन्। आफूलाई जानकारी भएको विषय भए आफैँ भन्छिन्। तर नम्रतासँग सम्पर्क हुन सक्दैन।

नेपाली रजतपटकी उत्कृष्ट नायिकासँग सञ्चारकर्मीले अन्तर्वार्ता वा समाचार सामग्रीका लागि सम्पर्क गर्न चाहनु स्वभाविक हो। हुन त नम्रतालाई आफ्नो विगतबारे कुरा गरेको पटक्कै मन गर्दैन। पछिल्लो समय उनी जीवनशैलीबारे पनि कुरा गर्न रुचाउन छाडेकी छिन्।

सार्वजनिक कार्यक्रमहरुमा पनि उनी दावासँग मात्र देखिन्छिन्। फिल्म सूट, फिल्म हल, पार्टी, अन्तर्वार्ता वा अन्य कार्यक्रम दावा उनीसँगै हुन्छन्। उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘नम्रता आफ्नो विगतको घटना सुन्दा दुःखी बन्छिन्। दावा उनलाई त्यसबाट टाढै राख्न प्रयासरत छन्।’

उपन्यास चर्चाले तनाब
पत्रकार सबिन प्रियासनलाई नम्रताले केही वर्षअघि आफ्नो जीवनी समेटिएको उपन्यास लेख्न सहमति दिएकी थिइन्। सबिनले लामो समय लगाएर उपन्यास लेखे पनि। उपन्यास आउने चर्चासँगै फेरि अश्लिल भिडियोको विषयमा विभिन्न टीका–टिप्पणी सुरु भए। हाल पोर्न साइटहरुले राखेका भिडियोबारे चर्चा भयो। योसँगै नम्रताले उपन्यास प्रकाशित गर्ने पूर्व अनुमति रद्द गरिन्।

उनलाई नजिकबाट चिन्नेहरु निर्णयबाट पछि हट्नुको कारण पनि भिडियो प्रकरणलाई मान्छन्। प्रेमी दावासँगको छलफलपछि उनले यो निर्णय गरेको कतिपयको दाबी छ।

हाल सबिनले पाण्डुलिपी नम्रतालाई दिएका छन्। तर उनले अहिलेसम्म कुनै रेस्पोन्स पाएका छैनन्। नम्रता यस विषयमा मौन बसेपछि सबिन भने अहिले अर्कै उपन्यास प्रकाशनको तयारीमा लागेका छन्। पुसमा उनको आफ्नै होम प्रडक्सनमा ‘जाइरा’ नामक फिल्म आउँदैछ। ‘सञ्चारकर्मीलाई पहुँच नदिएर उनले फिल्मको प्रवद्र्धन कसरी गर्लिन्?’, अहिले रंग पत्रकारहरुबीच चर्चा छ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 13:17:25
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...