मिस वर्ल्डमा श्रृंखलालाई कसरी भइरहेछ भोटिङ?

सरकार, नेकपा र एनअारएनएका छुट्टा छुट्टै ‘सर्कुलर’




मिस नेपाल शृंखला खतिवडा
मिस नेपाल शृंखला खतिवडा

जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ले गत साता मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट माग्दै आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गर्‍यो।

झन्डै एक लाख ५० हजार फलोअर्स भएको सरकारको आधिकारीक ट्विट ह्यान्डलमा त्यसको केही समयमै अनेक प्रतिक्रिया आए। धेरैले जनगुनासो सुन्न बनाइएको सरकारको आधिकारिक ह्यान्डल सुन्दरी जिताउन लागेको भन्दै विरोध पनि जनाए। 

मिस वर्ल्डमा पुगेकी श्रृंखलाका लागि भएको भोटिङ क्याम्पियनको यो एउटा उदाहरण मात्रै हो। यतिबेला प्राय पूर्व एमाले नेता तथा कार्यकर्ता नेकपा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरीलाई मिस वर्ल्डमा जिताउन लागिपरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्ने तथा सर्कुलेसन गर्न उनीहरु तल्लिन देखिन्छन्।

एनआरएनको आधिकारिक सर्कुलर
नेपालमा मात्र नभई विदेशमा समेत ‘श्रृखलाका लागि भोट’ अभियान सञ्चालन भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्य राष्ट्रिय परिषदहरुलाई भोट गर्न आधिकारिक सर्कुलर गरेको छ। नोभेम्बर २३ मा एनआरएनए महासचिव डा.बद्री केसीले एनसीसीको ग्रुप इमेलमार्फत् भोटिङ गर्न राष्ट्रिय समितिहरुलाई निर्देशन दिएका हुन्।

मिस नेपाल शृंखला खतिवडा

मिस नेपाल शृंखला खतिवडा

नेपालखबरलाई प्राप्त सो सर्कुलरमा भनिएको छ, ‘हामी विश्वको सबैभन्दा ठूलो एकताबद्ध संस्था हौं। यो हाम्रा लागि गर्वको विषय हो। यतिबेला हाम्रो शक्ति प्रदर्शन गर्ने बेला आएको छ। नेपाली नारी श्रृंखला खतिवडा मिस वल्र्ड– २०१८ मा भाग लिइरहेकी छन् । उनलाई भोट गरी सहयोग गर्नका लागि म एनआरएनमा आवद्ध विश्वभरका साथीहरुलाई आग्रह गर्दछु।’ महासचिव केसीले भोटका लागि आवश्यक लिंकसमेत सर्कुलर गरेका छन्। एनआरएनए ७९ वटा देशमा राष्ट्रिय समिति भएको संस्था हो।

नेकपा प्रवासी संगठनको निर्देशन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रवासी नेपाली मञ्चले पनि श्रृंखलालाई भोट गर्न सर्कुलर जारी गरेको छ। प्रवासी मञ्च युरोपका निवर्तमान अध्यक्ष रामशरण सिम्खडाले आफूहरुले नेपाली चेली श्रृंखलालाई भोट गर्न युरोपमा रहेका सबै नेपालीलाई आग्रह गरेको जनाए।

प्रवासी मञ्च पूर्व एमालेको प्रवासी संगठन हो। श्रृंखलालाई पूर्व माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्चमा आवद्ध भएकाहरुले पनि सक्दो भोट गर्न आह्वान गरिरहेका छन

भाेटिङ अभियानमा मुख्यमन्त्री र नेकपा नेता पनि
सरकार, नेकपा, एनआरएन श्रृंखलालाई जिताउन लागि परिरहेको सन्दर्भमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले श्रृंखलाको परिचयसहितको भिडियो सेयर गरेर भोटका लागि अपिल गरेका छन्। त्यस्तै, पूर्वमन्त्री प्रदीप नेपालदेखि सांसद योगेश भट्टराईसम्मले श्रृंखलाका लागि भोटका लागि आह्वान गरेका छन्।

यी नेताको सिको गर्दै केन्द्रीयदेखि क्षेत्रीयस्तरका नेता तथा कार्यकर्तासम्मले श्रृंखला नेपालको गौरव भएको भन्दै भोट मागिरहेका छन्। व्यक्तिगत फेसबुक वालदेखि फेसबुक ग्रुप, फेसबुक पेजसम्ममा श्रृंखलाका लागि भोट मागिएका छन्। भोट माग्नेहरुले ट्विटरलाई पनि उपयोग गरेका छन्। 

मिस नेपाल शृंखला खतिवडा

मिस नेपाल शृंखला खतिवडा

यसरी भोट माग्न सामाजिक संजालमा एउटा टीम सक्रिय रहेको नेकपाका विद्यार्थी नेताले नाम उल्लेख नगर्ने शर्तमा नेपालखबरलाई बताए। ‘पार्टी नेताहरुले ल है हाम्रो मान्छे हो, देशको पनि शान हुन्छ, तपाईंहरु लाग्नुस् भनेर विद्यार्थी संगठनलाई निर्देशन दिएका छन्’ ती नेता सुनाए।

यता सांसद एवं श्रृंखलाका बाबु विरोध खतिवडाका बाबुको वाल त झन् छोरीका लागि भोट मागिएका विभिन्न पोस्टले भरिएका छन्। नायिका केकी अधिकारीदेखि पूर्वमिस नेपाल माल्भिका सुब्बासम्मले सामाजिक संजालमार्फत भोट आह्वान गरेका छन्।

शीर्ष स्थानमा श्रृंखला
सबै साथ र सहयोगले श्रृंखलाले प्रतियोगितामा सहभागी १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाएकी छन्। उनको पक्षमा ४० प्रतिशतको हाराहारीमा भोट छ (यो समाचार तयार पर्दासम्म) । त्यस्तै, श्रृंखलापछि सबैभन्दा बढी भियतनामकी सुन्दरी भी ट्रानको पक्षमा ७ प्रतिशत, भारतकी सुन्दरी अनुकृति भासको पक्षमा ७ प्रतिशत र थाइल्याण्डकी सुन्दरी निकोलेन पिचापाको पक्षमा ५ प्रतिशत भोट छ। यो मतपरिणाम मंगलबार बिहानसम्मको हो।

भोटकै कारण पनि चीनमा जारी प्रतियोगीतामा मिस नेपाल श्रृंखला चर्चाको विषय बनेकी छिन्। नेपालको प्राकृतिक सौन्दर्यलाई समेटर तयार पारिएको उनको परिचयात्मक भिडियोले पनि धेरैको मन जितेको छ। तर विश्व सुन्दरी भोटका आधारमा मात्र नछानिने हुँदा अन्य प्रतिस्पर्धामा पनि श्रृंखला अब्बल हुनु जरुरी छ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा अहिलेसम्म नेपालबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्ने मिस नेपालहरुमध्ये श्रृंखला सबैभन्दा बलियो दाबेदार भएको बताउँछिन्। उपाधिको निर्णय भने डिसेम्बर ८ मा हुनेछ।

प्रकाशित ११ मंसिर २०७५, मंगलबार | 2018-11-27 17:07:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।