सुन्दरी बहसः विराेधी पुरुषको मन फर्कियाे, महिला उस्तै




मिस नेपाल शृंखला खतिवडा
मिस नेपाल शृंखला खतिवडा

मिस नेपाल शृंखला खतिवडा यतिबेला ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धामा छिन्।

अनलाइन भोटिङमा मंगलबारसम्म सर्वाधिक मतका साथ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको शीर्ष स्थानमा रहेकी उनको विषयमा नेपालमा राम्रै चर्चा भइरहेको छ।

चीनमा जारी प्रतियोगीतामा विदेशी मिडियामा हुने विजेताको भविष्यवाणीमा श्रृङखलाको नाम अग्रस्थानमा छ।

श्रृङखलाले प्राप्त गरिरहेको उचाईलाई लिएर सबैभन्दा खुसी छिन्, उनकी आमा मुनु सिग्देल। नेकपाबाट प्रदेश–३ को प्रदेशसभा सांसदसमेत रहेकी मुनु छोरीले सिंगो देशको नाम विश्वसामु चिनाउने काम गरिरहेको बताउँछिन्।

‘छोरीले मिस नेपालको उपाधि जितेदेखि नै मिस वल्र्ड हात पार्न निकै मेहनत र संघर्ष गरेकी थिइन्’ आमा मुनु भन्छिन्, ‘मलाई आशा छ उनले मिस वल्र्डको उपाधि हात पारेर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरान्वित बनाउने छिन्।’ उपाधि नै हात नपारे पनि उनले नेपाललाई विश्वसामु चिनाउन गरेको प्रयत्न सफल भएको मुनुको बुझाई छ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा श्रृङखलाको प्रस्तुतिलाई नेपाली मिस नेपालले मिस वल्र्डमा गरेको प्रस्तुतिमध्ये अहिलेसम्मकै सफल प्रस्तुतिका रुपमा लिन्छिन्। भन्छिन्, ‘श्रृङखलाले नेपालका विभिन्न भूभाग र पर्यटकीय गन्तव्यलाई हाइलाईट गरेर विश्वसामू देश चिनाउने काम गरेकी छिन्। हामीसँग थुप्रै सुन्दर पर्यटकीय स्थलहरु छन् भन्ने आज विश्वले उनीमार्फत जानकारी पाएको छ।’ यसले पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुर्याउने उनको भनाइ छ ।

महिला–पुरुष विभाजित
नेपालमा श्रृङखलाको विषयलाई लिएर जसरी चर्चा–परिचर्चा चुलिएको छ, यससँगै विभिन्न किसिमका बहसहरु सुरु भएका छन्। श्रृङखलाका बाबु (विरोध खतिवडा) नेकपा नेता तथा सांसद हुनु र आमा नेकपाकै नेतृ हुनुले पनि उनको विषयमा अलि बढी टीका–टिप्पणी भएको देखिन्छ। ‘कम्युनिष्ट नेताले छोरीलाई मिस नेपालमा भाग लिन पठाउने?’ श्रृङखलाले मिस नेपालको उपाधि जित्दा नै उठेको प्रश्न थियो यो। अहिले पनि यही प्रश्नले सामाजिक सञ्जाल तातेको छ।

कुनै समय सौन्दर्य प्रतियोगिताको विरोध गर्ने कम्युनिष्ट नेताहरु नै अहिले श्रृङखलाको पक्षमा वकालत गरिरहेका छन्। यसमा पूर्वमन्त्री प्रदीप नेपालदेखि युवा नेता योगेश भट्टराईसम्म छन्। यससँगै उनीहरुले सौन्दर्य प्रतियोगिता कुनै अभिसाप नभएको र यो समयको माग भएको स्वीकारेको देखिन्छ। यसलाई कतिपयले सामाजिक रुपान्तरणका रुपमासमेत लिएका छन्।

अर्कोतर्फ, कम्युनिष्ट महिला नेतृहरु भने सौन्दर्य प्रतियोगीतालाई सार्वजनिक रुपमा स्वीकार्न तयार देखिँदैनन्। कुनैबेला प्रतियोगीताको विरोधमा चर्का नारा लगाउनेहरुले यतिबेला यसको विरोधमा सामाजिक सञ्जालमा एउटा स्टाटससमेत राखेको देखिदैन।सौन्दर्य प्रतियोगीताको विरोध गरेर लाठी खानेहरुमध्येकी एक कम्युनिष्ट नेतृ एवं पूर्वसांसद सीता पौडेल आफूले श्रृङखलाको विषयमा सार्वजनिक रुपमा कुनै अभव्यिक्ति नदिएको बताउँछिन्। ‘सौन्दर्य प्रतियोगिताले शारीरिक सुन्दरतालाई वकालत गरेको पाइन्छ’ नेपालखबरसँग उनले भनिन्, ‘वास्तविक सुन्दरता रुप, रंग, जिउडालमा सुन्दर र मिलेको हुनु मात्र होइन तर सौन्दर्य प्रतियोगीताहरु यसलाई नै आधार मानेर संचालन भइरहेका छन्, त्यसैले यसलाई बहसको विषयमा बनाउनु जरुरी छ।’

मिस नेपाल शृंखला खतिवडा

मिस नेपाल शृंखला खतिवडा

सामाजिक सञ्जाललाई सरसर्ती नियाल्ने हो भने, कम्युनिष्ट पुरुष नेतृत्वले श्रृङखलालाई जसरी स्वीकारेको छ त्यसैगरी महिला नेतृत्वले स्वीकारेको देखिन्न। तर, यो पनि साँचो हो कि उनीहरु विरोधमा पनि उत्रिएका छैनन्। 

पूर्वमिस नेपाल माल्भिका सुब्बा सन् २००८ अघिसम्म मिस नेपाललाई लिएर विरोधका स्वरहरु सुनिए तापनि त्यसपछि स्वरहरु मथ्थर हुँदै गएको बताउँछिन्। कुनैबेला यसको विरोध गर्नेहरुले अहिले कार्यक्रममा भेट हुँदा मिस नेपालहरुलाई बधाईं दिने गरेको उनको अनुभव छ।

'सुन्दरतालाई वस्तु र सेवासँग जोड्नु हुँदैन'
नेकपा नेतृ रामकुमारी झाँक्री सौन्दर्य प्रतियोगीतामा पूँजिवाद हाबी भएको र त्यसलाई व्यापार र आम्दानीको स्रोत बनाइएकाले स्वीकार्न नसकिएको बताउँछिन्। ‘सुन्दरताको परिभाषालाई वस्तु र सेवासँग जोडिनु हुँदैन’ उनी भन्छिन्, ‘यस्ता प्रतियोगीता समाजवादी आँखाले ठीक होइन भन्छ, पुँजिवादीले ठीक भन्छन्। हामी उभिएको धरातल दलाल पूँजिवादलाई प्रसय दिने खालको भएकाले हामी त्यसकै पछि लागेका छौं।’

सन् १९९२ बाट सुरु भएको विश्व सुन्दरी प्रतियोगीतालाई आयोजकले व्यापारसँग जोडेर हेरेको पक्कै छ। नेपालजस्ता विकासोन्मुख देशलाई आफ्नो पहिचान स्थापित गर्न यसले सघाउ पनि पुर्याएको छ। श्रृङलालाई नै हेर्ने हो भने मिस वल्र्डमा उनको परिचय समेटेर बनाइएको नेपालको चिनारीमूलक भिडियोले नेपालको पर्यटकीय स्थानलाई प्रवद्र्धन गरेको छ। यसले पर्यटन वर्ष– २०२० लाई सहयोग पुर्याउने धेरैको अपेक्षा छ।

समय परिवर्तनशील छ। र, यसले आफूसँगै सामाजिक मूल्य, मान्यता, सिद्धान्त परिवेश र आवश्यकतालाई पनि परिवर्तन गर्दै लान्छ। जसरी राजनीतिक नेतृत्व, शैली, मानिसको जीवनशैली परिवर्तन हुँदै जान्छ, त्यसैगरी वैचारिक दृष्टीकोणमा पनि परिवर्तन आउँछ। यसको पछिल्लो उदाहरण मिस नेपाल श्रृङखला खतिवडा हुन्।

प्रकाशित ११ मंसिर २०७५, मंगलबार | 2018-11-27 11:03:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।